डोल्माको कथा: ईन्द्र जिजीविषा

खै किन हो कुन्नी पुर्णिमाको रात भएर पनि चन्द्रमालाई कुहिरोले पुरै ढाकेको थियो । यो सृस्‍टिको श्रीजना पनि कस्तो ? त्यती राम्रो चन्द्रमालाई कुहिरोले ढाक्नु पर्ने । डोल्मा झ्यालको पर्दा तानेर पूर्व क्षितिज हेर्छे आकाशमा ताराहरु खासै देख्दिन । मधुरो बतिको प्रकाश कतै कतै बलेको देख्छिन् । फाट्ट फुट्ट सवारी साधनहरु सडकमा कुदेको देख्छिन् । उनको अबोध मनमा एउटा प्रश्न उट्छ । यिनिहरुको गन्तब्य कहाँ होला ? यो पट्ट्यार लाग्दो रातमा यसरी बेजोडले सडकमा कहाँ पुग्नलाई हुइकी रहेको छ ? एक पटक कोठा भित्र नजर डुलाउछे । सानी अबोध वालिका ( छोरी ) मस्त निन्द्रामा छे । ति वालिकालाई के थाहा उनलाई जन्म दिने आमाको छातीमा कती पिडा छ भनेर ? त्यसैले उनी आफ्नै संसारमा मस्त निदाइ रहेकी छे । डोल्मा कल्पना गर्छे उनको आफ्नो भविष्य अनी ति अबोध वालिका , कहाँ कसरी …………..?

उनको अतित पनि बडो अचम्मको छ । श्वास प्रश्वासलाई रोकेर आत्माको पाना पल्टाउदै जान्छिन् त्यसै त्यसै उनको आँखा बाट आँशुको ढिक्काहरु पर्लक पर्लक खसी रहन्छ । उनको जन्म उतर पुर्बी नेपालको सगरमाथाको काखमा अवस्थित सुन्दर, हराभरा सोलुखुम्बुमा भएको थियो । जहाँ चाप , चिमल , लालीगुँराश,पलाँस र धुपीसल्लाका मनोहर सप्तरंगी बगैचा छ । डाँफे मुनाल र मयुरहरुको छम छमी नाचेको देख्न पाईन्छ । यस्तै परिबेशमा हुर्किएकी डोल्मा समयको चक्र संगै बिस्तारै हुर्किन्दै जान्छिन् । उनको जिन्दगीमा आएका अफ्ठ्यारा परिस्थितीहरु सँग सामना गर्दै जान्छिन । यस्तै क्रममा उनले मामाको घर रामेछापमा पनि केही समय बिताइन् । वल्यकालमा साथी संगी सँग घाँस दाउरा, मेलापत गर्दै नै बित्यो । उनको लागि त्यहिनै स्वर्ग झै लाग्दथ्यो । पहाडको चिसो कञ्चन पानी खाएर देउरालीको चिसो सिरेटोमा सुस्केरा हाल्दै उकाली ओराली गर्दै उनको दिनचर्या बित्दै जादै थियो यसै क्रममा खै के सोचेर हो कुन्नी आफ्नै साथी पेमा संग भागेर काठमाडौं जाने निर्णय गरिन् ।

हरिया चौरको बुकीफुल संगै जिस्कदै ऐसेलु र काफल खाँदै आफ्नो अधिकांश समय बिताउने डोल्मा एक्कासी मोटर गाडीहरु देख्दा उनलाई अचम्म लाग्यो । एकातिर डर थियो भने अर्को तिर चिन्ता दोधार थियो मन अनी असमन्जस यात्रा । तर जसरी भए पनि काठमाडौं पुग्नै थियो डोल्मालाई । त्यसैले उनी शेर्पा ट्राभल्स चढेर काठमाडौं तिरको यात्रा अगाडि बढाइन् । शेर्पा ट्राभल्स घुम्ती र मोडहरुलाई पार गर्दै अगाडि बढ्न थाल्यो । तब उनलाई रिङ्गटा चल्यो वाक वाकी लाग्यो तर उनी संग बिकल्प नै के थियो र ? जसरी भएपनि काठमाडौं पुग्नै थियो उनलाई, त्यसैले शेर्पा ट्रभल्स अन्धकार रातमा एकोहोरो बेजोडले हुइकी रह्यो । खै कसो कसो गरेर हो कुन्नी कती बेला डोल्मा निदाइछीन् । टुटुट ………… गाडीको हरन बजे पछी उनको निन्द्रा खुल्यो । आँखा मिच्दै झ्याल बाट बाहिर हेरिन् उज्यालो भईसकेछ । ठुला ठुला घरहरु जता ततै मोटर् गाडीहरु उनलाई बडो अजिब लाग्छ । शेर्पा ट्राभल्स यतीबेला थुप्रै बसहरुको भिडभित्र सुलुक्क छिर्यो । सबै मान्छेहरु आ-आफ्नै पोको पुन्तुरो बोकेर ओर्लन्छन । डोल्मा र पेमा पनि ओर्लन्छन् । त्यहा दोधार र असमन्जस देखिन्छ । बिरानो शहर बिरानो ठाउँ , बिरानै मान्छेहरु चिने जानेको कोही छैन । फेरी त्यो लेखको खर्कहरुमा चौरिगाइ डुलाउदै मालिँगोको घाँस काट्ने मान्छे डोल्मा आज घरै घर र र मान्छेहरुको भिडै भिडमा पुगेकी छिन् । कस्तो अफ्ठ्यारो परिस्थिती सोधौ कस्लाई सोध्ने ? नसोधौ त कहाँ जाने ? तर पनि उनिहरुलाई एक ठाउँ त जानै थियो । त्यसैले अनिदो आँखाहरुलाई अनिधो यात्रामा काठमाडौंको बिशाल शहरमा नितान्त एक्लो पाइलाहरु अनिश्चित गन्तव्यमा अगाडि बढाइन् । यस्तै क्रममा उनलाई लहम्दिकुको याद आयो । लहम्दिकु उनको मामाको छोरी थिइन । उनी काठमाडौं आएको पनि धेरै नै भै सकेको थियो । डोल्मा हतार हतार झोला खोलिन् अनी सानो थैली भित्रबाट एउटा सानो कागजको टुक्रा निकालिन् त्यहाँ लहम्दिकुको ठेगाना थियो । उनले तुरुन्त फोन गरिन् अनी आफु बस पार्कमा रहेकोले लिन आउनु भनिन् । केही समय पछाडि लहम्दिकु डोल्मालाई र उनको साथीलाई लीन आइपुगी । धेरै परिवर्तन भएको रहेछिन् लहम्दिकु ।

शेर्पा समुदायको संस्कृति पनि बडो गजबको छ । सानो वाल्यकालमै अर्थात कोक्रोमै छदा बिहेवारि गरिदिने चलन छ । तर आज आएर शहरी प्रभाव र जनचेतनाको कारणले यस्तो चलन हट्दै गइरहेको छ । यतीबेला डोल्मा १६ पुरा भएर १७ लाग्दै थिइन । उनको शरीरमा निक्कै परिवर्तन हुँदै थियो । यौवनले छोएको थियो । अनी पिरतीको चाहाना बढेको थियो । काठमाडौंको बसाइ संगै डोल्माको चिनजान फुर्वा संग भयो । फुर्वा पेसाले नेपाल आर्मी थिए । गोली र बारुद संगै पैठेजोरी खेल्नु पर्ने, परेको खण्डमा श्रीमतिको माया र आफ्नो ज्यान भन्दा अफिसरको आदेश पालना गर्नु पर्ने । पैसाकै खातिर ज्यानको बाजी लगाउनु पर्ने यो नै नेपाल आर्मिको परिचय हो । अनी अधिकांश समय आफ्नो जीवन संगिनी भन्दा टाढा रहनु पर्ने, त्यसैले रहरले भन्दा पनि बाध्यताले स्वर्थी र अहंकारी हुनु पर्ने हुन्छ । यसरी बुझ्दा बुझ्दै पनि समयले डोल्मा र फुर्वालाई नजिक बनाउदै लग्यो । समय बित्दै जादै थियो,यही समयको परिवर्तन संगै उनीहरु एक अर्कालाई माया गर्न थालि सकेका थिए । उनिहरु कहिले स्वयम्भु त कहिले गोदावरी, कहिले सुन्दरीजल ता कहिले नगरकोट पुग्थे । बालाजुको बाइस धारामा घुम्न जादा फुर्वालाई अंकमाल गरी डोल्माले भनेकी थिइन, हेर्नुस् , छोरी मान्छेको जिन्दगी एउटा पराइ पुरुषमा निर्भर रहेको हुन्छ । म पनि आज तपाईंको भरोसामा मेरो तन मन सारा सुम्पी सकेको छु । भविष्यमा गएर हाम्रो प्रेममा कुनै प्रकारको सुनामी नआओस । जवाफमा फुर्वाले भनेको थियो मेरी रानी तिमी मेरी हौ र म मात्र तिम्रो हुँ । यो जन्म त के सातौ जन्म सम्म पनि हाम्रो यो मिलन छुट्ने छैन । रेली आइ लभ यू । यसरी डोल्मा र फुर्वाको दिनचार्य हाँसी खुशीमै बित्दै जादै थियो । एक दिन डोल्मा र फुर्वाले गुम्बामा गएर बिहे गरे ।

१८ बर्षको कलिलो उमेरमै एउटी छोरीकी आमा बनिन् डोल्मा । मान्छेको जिन्दगीमा खुशी त क्षणिक हो दु:ख नै सदाबहार साथी । शायद त्यसैले होला उनिहरुको समयले पनि मोड्लियो फुर्वाले डोल्मालाई भमराले रस चुसेर फुललाई छाडे जस्तै डोल्मा बाट फुर्वा टाढा हुँदै गयो । मानबतामा हुने स्वार्थ एउटा गुण हो र त्यही स्वार्थको गुणले गर्दा होला शायद डोल्मा बाट फुर्वा टाढा हुँदै गएको । उनिहरुको भेट हुनपनि छाड्यो । निस्ठुरी समय भनौ वा स्वार्थी फुर्वा ? एक दिन पूर्ण रुपले डोल्मा बाट टाढा भयो फुर्वा ।

डोल्मा असमन्जसमा पर्‍यो । एकातिर काठमाडौंको महंगी त्यही माथि बेरोजगार जिन्दगी । गलैचा बुन्न जानु नैतिकताले दिएन यसैले भौतारिदै सडकमा हिंड्न थालीन् । यस्तैमा एक दिन मलेशिया बाट नेपाली महिलाहरुको लागि भिसा आएको छ भन्ने सुनेपछी डोल्मा मलेशिया जाने निर्णय गरिन् । धेरै पैसा कमाउने लोभमा फसेर अबोध बालिकालाई छाडेर कोमल हृदयलाई पत्थर जस्तै बनाइ फेरी एक पटक गन्तब्य बिहिन यात्रा मलेशिया तिर अगाडि बढाइन् । आज उनी मलेशियाको एउटा शहरमा जीवन र भविष्यको अन्योलतामा रोजी रोटी खोज्दै संघर्ष गरीरहेकी छीन् । अबका आउने दिनहरु उनको निम्ती कस्तो हुने छ ? कसैलाई थाहा छैन ।

यो कथा केहि समय पहिला नै लेखिएकोले,यो कथाको पात्र अहिले कता छीन् ? पत्तो भएन ।

ईन्द्र जिजीविषा 

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES