तप्कना विधा र परिचय

ईन्द्र जिजीबिषा 

भूमिका
एउटा रुख जमिन बाट पलाउदा सुरिलो आकारमा पलाउछ ।तर जति-जति बढ्दै जान्छ,त्यति-त्यति त्यो रुखको हाँगाहरु पनि पलाउदै जान्छ । रुख सुरिलो मात्रै भयो भने,त्यो रुख हेर्दा असुहाउदिलो देखिन्छ । रुखको हाँगाहरु भयो भने,हेर्दा अत्यान्तै सुन्दर देखिन्छ । यसैगरी साहित्यको संसारमा पनि मूलधारको साहित्य मात्रै रह्यो भने,पक्कै पनि साहित्यको सिंगार पट्टार पुग्दैन । यसैले,समयको विभिन्न कालखण्डहरुमा मूलधारको साहित्य भन्दा पृथक तरिकाले साहित्यको सृजना गर्न थालियो । यसरि सृजना गर्दा गर्दै,त्यसले साहित्यमा नयाँ विधाको रुप लियो । साहित्यमा आज धेरै विधाहरु छन् । ति विधाहरुमा कथा,कबिता, गीत, गजल, निबन्ध, लघुकथा, मुक्तक, हाईकु, रुवाईयत, ताङ्का, केस्रा र तप्कना आदि छन् ।

परिचय
“तप्कना” एउटा नाम(Noun) हो । नामलाई जतिसुकै भाषा फरक भएपनि, भूगोल फरक भएपनि,सोहि नामले नै पुकारिन्छ । तथापी,तप्कनाको अर्थ खोज्दै जाने हो भने, कुनैपनि तरल पदार्थ माथिबाट तलतिर खस्ने थोपालाई नै तप्कना भनिन्छ । चाहे त्यो, पानि परेकोबेला घरको छानोबाट बलेसीमा खस्ने पानीको होस् या रुखको पातबाट भुईमा खस्ने पानीको थोपाहोस् , त्यसलाई नै सामान्य रुपमा तप्कना भनिन्छ । नेपाली शब्दकोषमा खोज्दै जाने हो भने,तरल पदार्थको सानो अंश थोपा,( विन्दु,वुँद,छिटा,तप्का) जस्ता शब्दहरु भेटिन्छन् । जो तरल पदार्थको सानो अंश भएपनि,सो पदार्थमा हुनुपर्ने गुणहरु सबै पाइन्छन् । तर साहित्यमा भन्नु पर्दा,यो संसारमा भईरहने,विभिन्न परिवर्तनहरु पीडा,कष्ट,विरह,चित्कार,क्रन्दन,हाँसो,खुसि आदिलाई शुक्ष्म तरिकाले प्रस्तुत गर्नको निमित्त,निश्चित उत्कर्ष विन्दुमा पुगेपछि,निस्कने, अभिव्याक्ति नै तप्कना हो ।

विषय प्रवेश
नेपाली साहित्य जगतमा केहि समय पहिले जन्म भएको हो तप्कना ।तप्कनाको प्रवर्तक हुनुहुन्छ,तुलसी विन्दु । नेपाली साहित्यमा राम्रो दख्खल राख्नुहुन्छ उहाँले । उहाँले नै प्रवर्तन गर्नुभएको हो तप्कना विधा । प्रवर्तकको अनुसार,तप्कना बोध र दृष्टि विचारमा सटिक,बिस्तृत र दृष्टिगरि तिन तरिकाले लेख्न सकिन्छ ।

बोध– (उत्तम) यस भागको दुख पिडा,रोदन र बिरहलाई समावेश गरिएको छ । अर्थ्यात, भोगाईको अनेकौ पाटाहरुको उथल पुथलमै तिक्त अनुभूति निचोरिएर उत्कर्ष विन्दुमा पुगेपछि टप-टप चुहिनु नै यसको मूल विशेषता हो ।
दृष्टि बिचार(विकल्प) तिक्तताको साथै मिठोको पनि अनुभूति हुन्छन् । त्यसो हुदा,एक पाटोलाई मात्र अनुसरण गर्दा अर्को पाटोलाई अन्याय गरेको ठहरिन्छ । यसकारण त्यसको प्रतिफल दृष्टि बिचार (विकल्प)हो । यास भागको हाँसो,खुसि,हर्ष,अनुभूति साथै विभिन्न बिचारलाई समावेस गरिएको छ ।

नियम
सटिक तप्कना
बिस्तृत तप्कना
दृष्टि तप्कना

सटिक तप्कना:- यो तप्कना चार हरफ नबढाई/नघटाई प्रवेश गरेर अन्त्य गरिनुपर्छ । भावपुर्ण र बिच-बिचमा मेलाबंडक हुनुपर्छ ।

बिस्तृत तप्कना:-यसप्रकारको तप्कना दुई-दुई हरफको चार शेर अर्थ्यातआठ हरफ रहनेछन् । प्रवेशमा दुई हरफ,उठानमा दुई हरफ,मध्यमा दुई हरफ र अन्त्यमा दुई हरफ भावपूर्ण हुनुपर्ने छ । साथै बिच बिचमा मेलबन्दक पनि अनिवार्य हुनुपर्नेछ ।

दृष्टि तप्कना:- यसमा एक प्रहारमा एक शब्द र मेलबन्दकमा एक वर्ण या लिपि मिलेर एक पूर्ण तप्कना बन्ने छ ।
तप्कना विधा परिचय तथा केहि नमुनाहरु (पृष्ठ ८/९ )

तप्कनालाई चार प्रहारमा लेखिन्छ । तप्कनाको पहिलो शेर प्रवेश हो भने दोस्रो उठान हो । तप्कनाको तेस्रो शेर मध्य हो भने, चौथो वा अन्तिम शेर विश्राम अर्थ्यात निचोड हो । यी चार प्रहारलाई मेलबन्दक (प्रहारहरू बिच सम्बन्ध जोड्ने स्थिति परिवेश जाहेर गर्ने एक शब्द तथा संयोजक लिपि वा वर्ण) ले जोडिन्छ ।

निष्कर्ष
तप्कना पढ्दा र हेर्दा सरल लागेपनि यो लेख्नलाई विभिन्न विधि र विधान भएकोले लेख्नु भन्दा अगाडि यो विषयमा अध्यायन गर्नु जरुरि छ । यो विधा चोटिलो र थोरै शब्दमा धेरै अर्थ आउनेगरि तयार पारिएकोले यो सबैको निम्ति चासोको बिषय बन्न सक्छ ।

तप्कनाका प्रवर्तक तुलसी बिन्दुका केहि तप्कनाहरु(उदाहरणको लागि)

सटिक तप्कना
फुलै फुलको संसार हो

प्रसवमा तड्पिने जिन्दगी
अनि
सुन चाँदी हिराको जवानी
त्यसैले
लुटाएर बन्दैछ खरानी

बिस्तृत तप्कना
माया नै राग हो
संगीतको धुन पाईन्छ

माया नै खाग हो
डढेर मरेको पाईन्छ
अनि
माया नै श्राप हो
आत्महत्या गरेको पाईन्छ

माया नै वरदान हो
त्यसैले जिएको पाइन्छ

दृस्टी तप्कना
विधुवा
को
सिन्दुर
हो
चिताको
त्यो
खरानी

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES