तस्कर, भु माफिया र अपराधिलाई आफनो भोट नदिन हरिचरण साहको आग्रह

अभिमनु कुमार पटेल रौतहट १६ जेठ
नेपाली जनता दलका केन्द्रिय अध्यक्ष एवम सांसद हरिचरण साहले तस्कर, भु माफिया र अपराधिलाई आफनो अमुल्य मत नदिन आग्रह गरेको छन् ।

मधेशमा हुन गईरहेको स्थानिय चुनावलाई अंकित गर्दै अध्यक्ष साहले वर्तमान परिवेसमा विभिन्न साना तथा ठुला पार्टीको आडमा तस्कर, भु माफिया तथा अपाराधिक क्रियाकलापमा लागेकाहरु गाउपालिका तथा नगरपालिका प्रमुख एवम उपप्रमुखमा उम्मेदवारी दिने चर्चा भई रहेकोले त्यस्ता व्यक्तिहरुबाट सावधान रही आफ्नो अमुल्य मत खेर नफाल्न विषेश आग्रह गरेको छन् ।

संचारकर्मीसंगको कुराकानीमा अध्यक्ष साहले अहिले मतदाताहरु विभिन्न प्रलोभनमा परि आफ्नो मत गलत तत्वहरुलाई दिए पछि आउदा दिनहरुमा तिनको अपराध र अन्याय सहन्नु पर्ने तथा आफ्ना गाउ नगरमा भएका सरकारी तथा सरोकारका जग्गाहरुबाट बञ्चित हुनु भएकोले त्यस्ता उम्मेदवारहरुलाई कदापी पनि भोट नदिन सबैलाई सल्लाह समेत दिएका छन् ।

दोस्रो चरण हुने निर्वाचनमा आफ्नो पार्टी एलाईन्स बनाएर स्थानिय चुनाव लडने तयारीमा रहेको भन्दैं अध्यक्ष साहले हाम्रा उम्मेदवार नभई राम्रा उम्मेदवारको चयन गरिने प्रतिक्रिया समेत व्यक्त गरेका छन् ।

पार्टीले जिम्मेवारी दिए केहि गरेर देखाउथे : महताव आलमmd mahtaf
देशमा हुन गइरहेको स्थानिय निवार्चनमा पार्टीले आफुलाई गाउपालिका प्रमुखको टिकट दिए केहि गरेर देखाउने विचार व्यक्त गरेका छन् ।

रौतहटका नेपाली काग्रेसका चर्चित नेताको रुपमा रहेको राजपुर गाउपालिकाबासी नेता महताब आलमले आफु पार्टीको सिपाही रहेको र आफुलाई पार्टी जुन सुकै जिम्मेवारी दिए दृढताका साथ पालना गर्ने र सफल भई देखाउने प्रस्ट पारेको छन् ।

स्थानिय निकायको निर्वाचनमा रौतहटको राजपुर गाउपालिकाको प्रमुख पदमा उम्मेदवारी दिन मनसाय बनाएका नेता आलमले पार्टी निष्ठावान तथा कर्तव्य पालना गर्ने व्यक्तिलाई नै टिकट दिने र सो लायक उक्त गाउपालिका बाट आफु मात्र रहेकोले पार्टीको टिकट आफुलाई नै पार्टीले दिने दावी गरेका छन् ।

पार्टीको टिकट पाए पछि निश्चितरुपमा नै आफु गाउपालिका प्रमुखमा जितेर देखाउनुका साथै गाउपालिका भित्र मुख्य मुद्दाको रुपमा रहेको वेरोजगारी समस्या तथा शिक्षा, स्वास्थ्यक्षेत्रमा सुधार गर्ने योजना रहेको विचार व्यक्त गरेका छन् ।
समग्रमा भन्नु पर्दा रौतहटको नेपाली काग्रेसमा सधै चर्चामा रहेको नेता आलमलाई नै पार्टीले टिकट दिनु उपयुक्त रहेको स्थानियबासीहरुको माग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *