ताप्लेजुङ्गको मतदान गर्ने स्थलमै बम बिष्फोट

ताप्लेजुङ्ग, ९ मंसिर, ताप्लेजुङ्ग जिल्लाको सदरमुकाममा रहेको भानु उच्च माविको मतदान स्थलमै बम बिष्फोट भएको छ । बम बिष्फोट भएको स्थानमा आइतबार प्रदेश र प्रतिनिधिसभाको मतदान गर्ने तयारी रहेको थियो ।

ठूलो आवाजसहित बम विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन । तर, नजिकै मतदाता परिचय पत्र वितरण गरिरहेका कर्मचारीको श्रवण शक्तिमा भने समस्या आएको बताईएको छ ।

बम पहिलेनै गाडिएको र अहिले खन्ने क्रममा प्रेसर हुँदा पड्किएको हुन सक्ने प्रहरीको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES