तालका कृषक आधुनिक घारतर्फ आकर्षित

पौष २२ काठमाडौ, परम्परागत शैलीमा, परम्परागत घारामा सदियौं देखि व्यवसायिक रूपमा मौरीपालन व्यावसाय अगाल्दै आएका ठिमुरे गाविसको तालका कृषक भने यतिखेर व्यवसायिक रूपमा आधुनिक घारमा आधुनिक प्रविधिबाट मौरीपालन व्यवसाय अँगाल्न लागेका छन् ।

जिल्ला कृषि विकास कार्यालय, मौरीविकास केन्द्र, स्थानीय मणि मौरी सहकारीको सहयोगमा उनीहरू आधुनिक तर्फ आर्कषित भएका हुन् । भौगोलिक हिसावले सुगम भएपनि यातायातको समस्याले गाँजेको तालमा कृषकहरूको आम्दानीको मूख्य स्रोत मौरी पालन हो ।

गाउँका दुई सय घरपरिवारको मूख्य आम्दानीको स्रोत मौरी र मह भएको स्थानिय कृषकहरू बताउँछन् । आधुनीक घारमा स्थानिय सेराना जातको मौरी पालेर राम्रो आम्दानी गरेका छन्। यहाँ उत्पादीत महको बजार स्थानिय तहमै भएपनि यहाँबाट वार्षिक रूपमा पाँच सय गोला मौरी गुल्मी, प्यूठान, रोल्पा, स्याङ्जा जिल्ला सम्म निर्यात हुने गरेको अगुवा कृषक मिन बहादुर लम्तरी बताउँछन्।

परम्परागतको तुलनामा आधुनिक घारमा मौरी राख्न लागेपछि मौरी र महको राम्रो उत्पादन भएको छ। वार्षिक रूपमा दुई लाख रूपैयाँ आम्दानी गर्न सफल भएको कृषक लम्तरी बताउँछन्। सरकारी क्षेत्रवाट मौरी जन्य सामग्री अनुदानमा उपलव्ध गराउँदै आएपनि पर्याप्त मात्रामा नपुगेको उनले बताए।

यातायातका लागि सडकको व्यवस्था भएको खण्डमा कृषकहरूमा थप उत्साह थपिने थियो । मौरी, मह निर्यात गर्दा एक घण्टा मानिसले बोक्नु पर्ने बाध्यता भएको माहिला कृषक सुकमाया लम्तरी बाताउँछिन् । एक वर्षमा तीन पटक सम्म काड्न सकिने एकपटकमा सात के.जि सम्म महको उत्पादन लिन सकिने त्यसबापत एकै पटकमा एक घारवाट १५ हजार रूपैयाँसम्म आम्दानी लिन सकिने छ । एक घारबाट आफुले ७० घारमा मौरीपालेको उनले बाताईन् । पुरुषको तुलनामा महिलाहरू यस व्यवासाय तर्फ आकर्षित भएका छन्। मौरीकै कारण कृषकहरूले विषादीको प्रयोग नै नगर्ने, मौरीका लागी आँप, लिचि, तोरीको व्यवसायिक रूपमा खेति गर्दै आएका छन् ।

जिल्लामा पहिलोपटक ०३८ सालमा तिनाउ जलाधार परियोजनाले ‘न्यूटन बी’ किसिमको घार रुप्से गाविसबाट वितरण गर्न लागेको हो। जिल्ला कृषिविकास कार्यालयले मौरीपालन व्यवसायलाई व्यवासीकरण गराउने उद्देश्यले मौरी, घार, महमदानी, टोपि खरिदमा २५ देखि ५० प्रतिशत सम्म अनुदानमा उपलब्ध गराउदै आएको जिल्ला कृषिविकास कार्यालयका सहायक सुचना अभिकारी ज्ञानकुमार यादवले बताए ।

जिल्लाका सबै गाविसहरूमा मौरीपालन व्यवसाय संचालन भएका छन् भने तीन वटा स्रोत केन्द्र स्थापना भई सकेका छन्। हालसम्म उत्पादित मौरी, महको विक्रिका लागी समस्या नै नरहेको उनले बताए। कृषकहरूले मौरीपाल व्यवसाय अगालेकै कारण विषादिको प्रयोग न्यूनिकरण हुँदै गएको छ। त्यसैगरि मौरीका कारण परागसेचनको माध्यमबाट बाली उत्पादनमा २५ प्रतिशत सम्म उत्पादनमा वृद्धिभएको यादव बाताउछन्।

युवाहरूलाई कृषि व्यवसाय प्रति आकर्षित गरि बढ्दो विदेश मोहलाई हटाउने उद्देश्यले जिल्ला कृषिविकास कार्यालयले विगत तीनवर्ष देखि युवा लक्षित गरेर मौरीको कार्याक्रम ल्याएको वरिष्ठ कृषि विकाश अधिकृत किशोरमान श्रेष्ठ बताउछन् । सरकारले कृषिलाई व्यावसायिकरण गर्ने योजना बनाएपनि अनुदान रकम अत्यन्त कम भएकोले व्यावसयिक रूपमा मौरीपालन गर्ने कृषकलाई शत प्रतिशत अनुदानमा मौरीजनय सामग्री उपलव्ध गराउनु पर्ने मदनपोखराका अगुवा कृषक लेखनाथ अधिकारी बताउँछन् ।

यूवाहरूलाई कृषि व्यवसायतर्फ आकर्षित गराउने उद्देश्य रहेपनि अनुदान रकममा बृद्धि गरि युवालाई कृषि व्यवसायमा संलग्न गराउन सकिएको खण्डमा काम र दामको खोजिमा विदेशि भूमिमा रगत र पसिना बगाउन जान नपर्ने स्वदेशमै रोजगारिको बलियो ढोका खुल्ने सम्बद्ध कृषकहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published.