तिहार पछि गायक सुनिल राईको युनिक एल्बम बजारमा आउदै

sunil raiसूचनाखबर-कार्तिक १४ काठमाडौ,पुर्बेली गायक सुनिल राईले आफ्नो पहिलो सोलो एल्बम युनिक तिहार पछाडि बजारमा ल्याउने भएका छन्  ।

झापाको बाहुनीडाँगीमा जन्मिएका गायक राईले झापाकै सनलाइट संगीत स्कुल बाट भोकल सिकेका छन्  । अहिले पनि संगीतमै निरन्तर लागि रहेका राईले आफ्नो लामो संघर्ष पछि आफ्नो सोलो एल्बम बजारमा ल्याउन लागेका हुन्  ।

यो एल्बममा ६ वटा गीतहरु रहने छन् । यसमा सोलो संगीत विकास चौधरीको रहेको छ  ।

शब्द रचनामा  ह्याक भो बोलको गीतलाई हरी उप्रेतीले, सक्छौ होला बोलको गीतलाई सबिना केसीले, चौबन्दी चोलीमा बोलको गीतलाई रोजी राईले, मैले दिएँ माया बोलको गीतलाई सागर मल्लले, झुमौं बोलको गीतलाई जानु काम्वाङ्गले र सपना देख्नु बोलको गीतलाई यादव पुडासैनीले लेखेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *