तीनजनाको मृत्यु

मंसिर ९ काठमाडौ, कन्काई नगरपालिका ३ सुरुङ्गा पुल नजिक राजमार्गमा बा.१५ च ३३८३ नम्बरको कारले सोही नगरपालिका २ बस्ने ६५ बर्षीय साईकल यात्री सुर्य उप्रेतीलाई बुधबार ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, रोल्पा जौलीपोखरी ८ उमा बस्ने ४५ बर्षीय टेक बहादुर मगर मृत अवस्थामा फेला परेका छन् । मंसिर ६ गते घरबाट सुर्पाल जान्छु भनि गएका उनी घर फर्की नआएपछि आफन्तहरुले खोजतलास गर्ने क्रममा बुधबार मसिना ३ खुर्सेपानी सामुदायिक बनमा मृत अवस्थामा फेला परेका थिए ।

यसैगरी,महोत्तरी धिरापुर ५ बरदाह टोल स्थित सडकको छेउँमा बुधबार एकरहिया ३ बस्ने ४५ बर्षीय रामएकवाल महतो मृत अवस्थामा फेला परेका छन् । घटनास्थल देखि अंदाजी ४५ फिट अगाडी सडकमा बालुवा लोड गरी राखेको ज.१ त ४७६३ नम्बरको ट्याक्टर रोकि राखेको अवस्थामा रहेको र स्थानीयवासीहरुले ट्याक्टरले ठक्कर दिएको हुन सक्ने बताएका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *