तीन दशक भारतमा बसेका सिंह कांग्रेसमा प्रवेश

काठमाडौं, ६ कार्तिक । व्यवसायी तथा समाजसेवी दिनेश सिंह नेपाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  सोमबार विहान कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको हातबाट सदस्यता ग्रहण गरेर विधिवत रुपमा पार्टी प्रवेश गरेको कुरा उनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् । विगत तीन दशक देखि भारतको कोलकत्तामा रहेर व्यापार र व्यवसायका साथै समाजसेवामा सरिक सिंह कोलकत्ताको लागि अवैतानिक पर्यटन दुत समेत थिए ।

आफू विगतदेखि नै प्रजातन्त्र र विधिको शासन प्रति झुकाव राख्ने व्यक्ति भएकोले कांग्रेस प्रति पहिल्यै देखि श्रद्धा भएकोले नै आफू उक्त पार्टीमा प्रवेश गरेको जनाए ।

उनले भने,‘अब म नेपाल र नेपाली जनताको सेवा गर्छु, नेपाली कांग्रेस जस्तो ईतिहाँस बोकेको पार्टीमा आवद्ध भएको छु, मेरो विवेक र त्याग अब जनतामा समर्पित गर्नेछु।’ उनले आगामी दिनमा तन, मन र धनका साथ कांग्रेसमा सक्रिय हुने समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *