त्रिपूरेश्वरमा चल्यो डोजर

sadak-bistar१८ भदौ, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले त्रिपुरेश्वरदेखि विष्णुमति पुलसम्मको सडक विस्तारको काम फेरि सुरु गरेको छ ।

विभिन्न बाहनामा विस्तारमा ढिलाइ भइरहेका समयमा प्राधिकरणले शनिबार सो सडक खण्डमा दयाँबायाँ ११-११ मिटरभित्र पर्ने भौतिक संरचना डोजर लगाएर भत्काएको छ ।

यसअघि पनि विस्तारका लागि सो सडक खण्डमा डोजर लगाइएको थियो । तर, समय मागेर आफैंले संरचना हटाउने प्रतिवद्धता गरेका व्यक्तिले अटेर गरिरहेपछि आज बिहान डोजर चलाइएको हो ।

मुख्य रुपमा दायाँबायाँ ११ मिटर परेका घरका पर्खाल, गेट, वाल, भर्‍याङ, छिँडी लगायतका संरचनालाई प्राधिकरणले डोजर लगाएर भत्काएको हो ।

यो खण्ड विस्तारमा ढिलाइ हुँदा ट्राफिक जामको समस्या उच्च भएको छ भने सडक आसपासका निर्माण सामग्रीले दुर्घटनाको जोखिम पनि उच्च भएको छ ।

यो सडक विस्तार गरेर चार लेनको बनाउने योजना छ । दायाँबायाँ २-२ मिटरको फुटपाथ पनि निर्माण गरिने काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।

कालीमाटीदेखि कलंकीसम्मको् सडक विस्तारको काम भने अझै अन्यौलमा छ । कलंकी थानकोट सडक खण्डको विस्तारमा सर्बोच्चले रोक लगाएपछि त्यो खण्डको विस्तारमा पनि समस्या उत्पन्न भएको छ ।

स्थानीयले विना क्षतिपूर्ति जवरजस्ती सडक विस्तार गरेको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । कलंकी-त्रिपुरेश्वर खण्डको विस्तार भने २०७४ भित्रै सक्ने लक्ष्य राखिएपनि काम भने दु्रत गतिमा हुन सकेको छैन ।

source: onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *