त्रिशूली नदीमा बस खस्दा ज्यान जानेको संख्या ८ पुग्यो

धादिङ, १३ मंसिर- काठमाडौ बाट अर्घाखाँची तर्फ जादै गरेको बस चितवनको फिस्लिङबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।विपरीत दिशाबाट आएको ना६ख ४९७२ नम्बरको ट्रकसँग ठोक्किँदा बस नदीमा खसेको थियो ।

मृतक ६ जनाको दुर्घटनालगत्तै शव निकालिएको थियो भने एकजनाको पानीमा डुबेको बसभित्रबाट गोताखोरले शव निकालिएको र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी बताएको छ ।

बाटोमा मृत्यु हुने पवन महत छन् । दुर्घटनामा मृत्यु भएकामध्ये एकजनाको सनाखत भएको छ । सनाखत हुनेमा भैरहवा देवदह नगरपालिका घर भएका दीपक पाण्डे छन् ।

दुर्घटनामा परेर नदीमा बेपत्ता भएको बस नदीको सतहबाट करिब ३० मिटर तल डुबिएको अवस्थामा सशस्त्र प्रहरीको गोताखोरको टोलीले भेट्टाएको छ । बसलाई निकाल्न अहिले क्रेन ल्याउने तयारी गरिएको छ । दुर्घटनाग्रस्त बसबाट २३ जना घाइतेको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । काठमाडौंबाट २६ जनाको चलानीसहित गएको बसमा बीच बाटोमा कति यात्री चढे भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *