दक्षिण कोरियाद्धारा रामग्रामलाई स्माट सिटी बनाउन सहयोग

यशोदा पौडेल/ नवलपरासी ७ असोज – नेपालका उत्कृष्ट छ वटा स्थानिय तहलाई दक्षिण कोरिया सरकारले स्मार्ट सिटी बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाण्डौ सहित दुई वटा महानगरपालिका र चार वटा नगरपालिकाहरुको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो ।

नवलपरासीमा रामग्राम नगरपालिकामा आयोजीत पत्रकार सम्मेलनमा सो बारे जानकारी प्रदान गरिएको थियो । दक्षिण कोरियाले सहयोग गर्न लागेको महानगरपालिका तर्फ काठमाण्डौ र पोखरा रहेका छन् भने नगरपालिकाहरु तर्फ नवलपरासीको रामग्राम , धादिङ्गकोे निलकण्ड यसैगरी धुलिखेल र भक्तपुर रहेका छन् ।

पत्रकार सम्मेलनमामा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले ति स्थानिय तहरुलाई दिगो विकास गर्ने उदेशयका साथ दक्षिण कोरिया सहयोग गर्न लागेको जानकारी दिनुुभयो । ति स्थानिय तहलाई चौतर्फी रुपमा स्मार्ट सिटीको रुपमा बिकास गर्न विविध प्रकारले आर्थिक लगानी मार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने पक्का भएको छ ।

पत्रकार सम्मेलनमा नगरप्रमुख गुप्ताले मुख्य बजार क्षेत्रलाई स्माट सिटी सडक व्यवस्थापन देखी पर्यटकीय क्षेत्रको विकास सम्म दक्षिण कोरीया सहयोग गर्न तत्परता देखाएको जानकारी दिनुभयो । जसका लागि विविध प्रकारको प्राविधिक सहयोग कोरियाले गर्न लागेको छ ।
दक्षिण कोरियाको राजधानी सोलमा एक साता अघि सम्पन्न २०१७ ईन्टरनेशनल सिटी समिट एण्ड् मेय¥र्स फोरम कार्यक्रममा सो वारे जानकारी दिईएको थियो ।

छनौट गरेका नेपालका ति ६ वटा स्थानिय तहलाई स्माट सिटीको रुपमा दिगो विकासका लागी दक्षिण कोरियाले विविध योजना अघि सारेको छ । बिशेष गरी गौत्तम बुद्धको अष्ठुधातु रहेको नवलपरासीको रामग्राम सहित बुद्धको सक्रिट भएका महत्वपुर्ण स्थलहरुलाई लक्षित गरी यस क्षेत्रमा दक्षिण कोरियाले उच्च प्राथमिकताका साथ सहयोग गर्न लागेको रामग्राम नगरपालिकाका नगरप्रमुख गुप्ताको भनाई छ । सो फोरम मार्फत नेपालका मुख्य ६ वटा बजारहरुलाई स्माट सिटीको रुपमा दिगो विकासका लागी विविध रणनिति बारे जानकारी दिएको कार्यक्रममा सहभागी रामग्राम नगरपालिकाका नगर प्रमुख गुप्ताको भनाई छ ।

एक हप्ता सम्म चलेको फोरम सहित फिल्ड भिजिट कार्यक्रममा बिश्व भरीका करिब ५० देशका करिब १३० जना नगर प्रमुख तथा मेयरहरुको सहभागीता रहेको थियो । कार्यक्रममा दक्षिण कोरियाले ३५ बर्षमा गरेको चौतर्फी विकास बारे विस्तृत रुपमा जानकारी गराईएको थियो ।

उक्त फोरम कार्यक्रममा स्माट सिटीको रुपमा विकास भईसकेका बिभिन्न उत्कृष्ट बिभिन्न देशका सिटीहरुको अवस्था र नेपालमा त्यसको कार्यान्वयनको बारेमा छलफल गरिएको थियो । सो अवसरमा नेपाली टोलीलाई दक्षिण कोरियामा रहेको साईन्स एण्ड रिसर्च सेन्टरको अध्ययन अबलोकन समेत गरिएको टोलीमा सहभागी रामग्राम नगरपालिकाका नगर प्रमुख गुप्ताको भनाई छ ।

सो अवसरमा नेपालबाट ६ जना स्थानिय तहका प्रमुखहरुको सहभागीता रहेको थियो । सो कार्यक्रम मार्फत नेपालको चौतर्फी बिकास साथै नेपाल सँग र बिभिन्न देश बिच अन्तराष्ट्रिय सम्बन्ध बलियो हुनेमा अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *