दशैँ तिहारमा छुट्टी नपाएपछि कृष्णजंग हमाल यसरि भक्कानिय (भिडियो सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ ३० भदौ- नेपालीहरुको महान चाड बडा दशैँ नजिकिदै गर्दा रामचन्द्र चन्दको स्वरमा “आउन पाइन आमा” बोलको दशैँ बिशेष गीत सार्वजनिक भएको छ । ईश्वरी बस्याल र भुवन रायमाझीको शब्द रचनालाई गायक रामचन्द्र चन्दले नै संगीत गरेका हुन् ।

हरेक नेपालीहरु बाध्यताले परदेशिनु परिरहेको छ । परदेशी छोरो आउने आशामा, घरको आँगनमा बसेर छोरो आउने बाटो हेर्दै बसेकी आमालाई ” आउन पाईन आमा” भन्दै, घरमा आमालाई गीत मार्फत खबर पठाईएको छ । यसरि, परदेशमा रहदा, नेपालीहरुले चाड पर्वको समयमा पनि घरजाने छुट्टी नपाउनुको पिडालाई गीत मार्फत प्रस्तुत गरिएको छ ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । सागर गौतमले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई हम गैरेले सम्पादन गरेका छन् । हम गैरेकै निर्देशन रहेको यो गीतको म्युजिक भिडियोमा कृष्णजंग हमाल,रमा थपलिया र कविता विसीले अभिनय गरेका छन् ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *