दशैको लागि बसको टिकट बुकिङ्ग आज बाट सुरु

असोज ७ काठमाडौं । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा दशैमा घर जानेहरुको लागि टिकट बुकिङ सुरु गरिएको हो । पोखरालगायत नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने छ ।bus

टिकट बुकिङ खुलेसँगै सेवा दिन उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वको समयमा यात्रु ठगिने सम्भावना भएकाले शुक्रबारदेखि यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगामा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, र लगनखेलमा  यात्रु सहायता कक्ष हुनेछ ।

बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रु सहायता कक्षमा उजुरी गर्न सकिने ट्राफिक महाशाखाले जनाएको छ । कक्षमा ट्राफिक प्रहरीसहित यातायात व्यवस्था विभाग र यातायात व्यवसायीका प्रतिनिधिसमेत हुनेछन् ।

तोकिएको भाडाभन्दा बढी अशुल्न धरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ ।

नभए काउन्टर बाहिर भेटिने दलालहरुले तपाईंलाई ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ ।

त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.