दाङमा नदिजन्य पदार्थको निकासी खुल्दै

dangगणेश आचार्य, भदौ २४ दाङ । जिल्ला विकास समिती दाङले नदिजन्य पदार्थको निकासी खोल्ने तयारी गरेको छ ।
सम्वाद समूहले आज तुलसीपुरमा गरेको “नदिजन्य वस्तुको उत्खनन् र पर्यावरणीय संरक्षण” बिषयक छलफलमा स्थानिय विकास अधिकारी रमेश गौतमले दाङका खोलामा नदिजन्य पदार्थको निकासी खोल्ने तयारी गरेको बताए ।

उनले असोजको पहिलो हप्तादेखी काम सुरु हुने गरी दाङका पातुखोला,ग्वारखोला,भमके खोला,बहुला खोला,राप्ती नदि,बवई नदि लगाएत ११ वटा खोला बाट गिट्टी,बालुवा निकासी खोल्ने अन्तीम तयारी भएको उनले जानकारी दिए ।

उनका अनुसार भुगर्भ विभाग बाट नदिजन्य पदार्थको निकासीका लागि पत्र आइसकेको छ । गौतमले गिट्टी बालुवाको निकासी खोल्ने तर,टेण्डर भने नखोल्ने बताए ।

टेण्डर खोल्दा ठेकेदारको मनोमानी हुने र अबैध उत्खनन् बढ्ने भएकाले टेण्डर नखोल्ने भनको भनाई । उनले स्थानीय स्तरमा सरोकार समिती बनाएर त्यहीं समितीले राजश्व संकलन र नियमन गर्ने प्रक्रिया अघी बढेको जानकारी दिए ।

छलफलमा जिल्ला वन अधिकृत सूर्यकान्त सिग्देलले विकास निर्माणका नाममा नदिजन्य पदार्थको उत्खनन् गरे चुरे संरक्षणको साटो विनाश भइरहेको बताए । उनले अहिले जसरी गिट्टी बालुवाको उत्खनन् नरोकीए दाङ चाँडै मरुभुमी हुने भएकाले चुरे संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए ।

द्धन्द बिश्लेषक समूहका बिष्णुकुमार देवकोटाको अध्यक्षतामा भएको छलफलमा इलाका प्रशासन कायालय तुलसीपुरका प्रतिनिधी यादव भुषाल, वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा,ट्याक्टर व्यसायी समितीका अध्यक्ष चिन्तामणी आचार्य,ट्याक्टर व्यवसायी केशव सापकोटा,अधिवक्ता बिष्णुमणी धिताल,नेकपा माओवादीका तिलक योगी,डिल्लीबहादुर रावत, अनोद देवकोटा पत्रकार गणेश आचार्य लगाएतकाले चुरे संरक्षण राज्यका केही निकायकै कारण हुन नसकेको भन्दै प्रशासनको ध्यानकाकर्षण गराएका थिए ।

छलफलमा इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रसाँइले गिट्टी बालुवा तस्करी गर्ने गिरोहलाई कारवाही गर्न आफू प्रतिवद्ध भएको दावी गर्दै जिप्रकाको निर्देशन अनुसार आफूले काम गरेको बताए । छलफलको सहजीकरण संवाद समूहका सहजकर्ता सुशील बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *