दाङमा माओवादीको अग्रता सुरुवात

दाङ,१५ असार-  स्थानीय तह निर्वाचन अन्तर्गत दाङका गाउँपालिकाहरु राप्ती, गढवा, राजपुर, बंगलाचुली र दंगिशरण गाउँपालिका मा मतगणना भइरहेको छ ।

दाङको सबैभन्दा धेरै मतदाता भएको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना सुरु गरिएको छ ।

२२५ मतगणता सकिँदा वडा अध्यक्ष पदमा माओवादी केन्द्रले ८९ मत पाएको छ । कांग्रेसको ७५ र एमालेको २६ मत छ । राप्रपाका उम्मेदवारले २ मत पाएका छन् ।

यसैगरी यो समाचार तरेर पार्दा सम्म  उपाध्यक्ष पदमा माओवादी केन्द्रको ९० कांग्रेसको ७३ एमालेको २७ र राप्रपाको २ मत परेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *