दाङमा मिसन नेपालको शाखा बिस्तार

सुरेस श्रेष्ठ-असोज ६ तुलसीपुर । भ्रष्टाचार बिरुद्ध देशव्यापी अभियान चलाउँदै आएको मिसन नेपाल संस्थाले दाङमा शाखा बिस्तार गरेको छ ।dang

रेवानन्द शर्मालाई अध्यक्ष र गणेश आचार्यलाई केन्द्रीय सदस्य एवं दाङ शाखा सचिवको जिम्मेवारी दिइएको केन्द्रीय अध्यक्ष केपी शर्माले जानकारी दिनुभयो ।

दाङ शाखा बिस्तार कार्यक्रममा मिसन नेपालका अध्यक्ष शर्मा,उपाध्यक्ष मानवकुमार हमाल,नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव गजेन्द्र बोहरा,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुरेस श्रेष्ठ,तुलसीपुर अनलाइनका सम्पादक नारायण खड्का,पत्रकार सुवास डीसी लगाएतकाको सहभागीता थियो ।

भ्रष्टाचारको अन्त्य नभएसम्म मुलुकमा सुशासन कायम हुन सक्दैन भन्दै भ्रष्टाचार विरुद्ध देशव्यापी अभीयान चलाएको मिसन नेपालले दाङ सहित ३१ जिल्लामा शाखा विस्तार गरिसकेको छ । दाङ शाखाको समिती बिस्तार भ्रष्टाचार बिरोधी युवाहरुको भेलाबाट गरिने केन्द्रीय सदस्य आचार्यले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *