दिक्तेल ६ सोल्मा बस्ने संतोष राई बुधबार पक्राउ

फागुन २६ खोटाङ, हातहतियार तथा खरखजना मुद्दामा फरार रहेका एक जना पक्राउ परेको छ । खोटाङको दिक्तेल ६ सोल्मा बस्ने २१ बर्षीय संतोष राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला अदालत खोटाङको २०७२ पुस २ गतेको पत्रले फैसला भई १ बर्ष ६ महिना कैद तोकिएकोमा निज फरार रहेकोले प्रहरीले खोजी गर्ने क्रममा ईटहरी २४ स्थित तरहरामा लुकी छिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *