दुइ संघिय राज्य बिच नदि बिबादमा झडप,४० बसमा आगजनी

karnatak-bharatभदौ २८ काठमाडौं । पश्चिमी दुई राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी सम्बन्धि विवाद पुनः चुलिएपछि बैकलोरमा ४० बसमाथि आगजनी भएको छ।

तमिलनाडुलाई पानी उपलब्ध गराउने विषयमा उच्च न्यायलयले गरेको फैसलाको विरोधमा कर्नाटकामा पछिल्लो एक सातादेखि विरोध प्रदर्शन चलिरहेको थियो। जसले सोमबार हिंसक रुप लिएपछि उग्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले बैकलोरमा ४० बसमाथि आगजनी गरे। जसका कारण स्थानीय प्रशासनले धारा १ सय ४४ लागु गर्नु परेको थियो।

बैकलोरमा हाल ७ स्थानमा कर्फ्यु लगाइएको कर्नाटका सरकारले जानकारी दिएको छ। राज्यका गृहमन्त्री जी परमेश्वरले हिंसा भड्काउने प्रदर्शनकारीलाई गोली ठोक्ने आदेश दिएका छन्।

सोमबार जलाइएका गाडीहरू तमिलनाडुको नम्बर प्लेटका थिए। यस्तै, तमिलनाडुबाट कर्नाटकामा आएर विभिन्न व्यवसाय गरिरहेका व्यक्तिहरूको पसल छानीछानी तोडफोड र आगजनी गरिएको थियो। प्रहरीका अनुसार यो घटनामा २ सय प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।

भारतका दुई छिमेकी राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी उपभोग गर्ने सम्बन्धमा तनाव भएको यो पहिलो घटना होइन्। पानीको विषयलाई लिएर यी दुई राज्यबीच १ सय ३५ वर्षदेखि झगडा छ। खासमा यस क्षेत्रमा बर्षायाममा पानी कम पर्ने वित्तिकै सिचाइँलगायतका कुरामा पानीको उपयोगलाई लिएर विवाद हुने गरेको छ।

कर्नाटकका सरकारले केही समयअघि उच्च न्यायलयमा कावेरी नदीबाट १५ हजार क्युसेक पानी उपलब्ध गराउन याचिका दायर गरेको थियो। तर, न्यायलयले १५ को स्थानमा १२ हजार क्युसेक पानी अघिल्लो १० दिनसम्म उपलब्ध गराउन आदेश दिएपछि तनाव उत्पन्न भएको थियो भनेर सेतो पाटीले समाचार लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *