दुगड ग्रुपमा आगलागी पछि कर्मचारी तनावमा, प्रबन्ध निर्देशकको धम्की

काठमाडौं ८ साउन- बाँके जिल्लाको भुजइ गाउँमा रहेको केएल दुगढ ग्रुपको गोदाममा आगलागी पछि कर्मचारी-कामदार तनावमा छन् । शनिबार दिउँसो चार बजेबाट सुरु भएको आगालागी साँझ सात बजेमात्र नियन्त्रणमा आएको थियो । आगलागीबाट करोडौं रुपैयाँ बराबरको खाद्यन्न जलेर नष्ट भएको छ।

नेपालगन्ज उपमहानगरपालिका र गुलरिया नगरपालिकाबाट आएका २ वटा दमकलको सहायतामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी आगो नियन्त्रणमा खटिएका पनि आगलागी नियन्त्रण नभए पछि करिब ३ किलोमिटर टाढा रहेको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जको दमकल आएपछि आगो नियन्त्रणमा आएको थियो।

जानीजानी अागो लगाएको भन्दै ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेडले कर्मचारीलाई मानिसिक यतना दिन सुरु बताईएको छ । छाजेडले अागो लगाएको स्वीकार गर्न कर्मचारीलाई दवाव दिँदै बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *