दृष्टिबिहीन परिवारको बच्चाको लागी पढाइ खर्च जुटाई दिदै नायक/निर्माता नवल खड्का

काठमाडौ ११ असार- राष्ट्रवादी नायक तथा निर्माता नवल खड्काको पहलमा दृष्टि विहिन बाबू-आमाको नावालक छोरालाई पढाइ खर्चको निम्ति आर्थिक सहयोग जुटाई सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ ।

अछाम जिल्ला घर भई हाल भक्तपुर सानोठिमीमा सानो कोठा भाडामा लिएर अगरवाती बेची जिविका उपार्जन गर्दै आईरहेका दुवै दृष्टी बिहिन शुसिल थापा र सुनिता थापाका नावालक छोरा बर्ष पाँचका सक्षम थापालाई पढाउन कठिनाई भएको स्थितिमा खड्काको अनुरोधमा युके निवासी दिपा कठायत क्षेत्रीले एक बर्षको लागी लाग्ने पढाई खर्चको लागी रकम सहयोग गरेकी हुन् ।

सक्षम थापा युकेजी मा र उनको बहिनि सिमरन थापा प्ले ग्रुपमा अध्ययन गर्दै छन् । खड्काले सहयोग रकम हस्तान्तरण गर्ने क्रममा समाजसेवी युके निवासी दिपा कठायत क्षेत्रीलाई दृष्टि बिहिन बाबू-आमा, बच्चा र आफ्नो तर्फ बाट धन्यबाद दिदै गरिबले पढ्न पाउने अधिकार छ कि छैन ? छ भने सरकारले यसप्रकारका बच्चाहरुको जिम्मेवारी लिनु पर्यो र थप सहयोगको लागी दाताहरु संघ-संस्था, व्यक्तिलाई अनुरोध समेत गरेका छन् ।

सहयोग हस्तान्तरण गर्दै नवल खड्का भिडियोमा हेर्नुहोस, के-के बोले ?

सहयोग रकम लिएपछि दृष्टि बिहिन शुसिल थापा र छोरा सक्षम थापा

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES