दृष्टिविहिन गायक सन्जय फ्राउनफेल्डरको बाध्यता सार्वजनिक (भिडियो सहित)

काठमाडौ ८ बैशाख, नयाँ वर्ष २०७४ को शुभकामना सहित संगम डिजिटल प्रा.लीले सन्जय फ्राउनफेल्डरको प्रस्तुतिमा नयाँ लोक गीत “ बाध्यता” सार्वजनिक गरेको छ ।

धेरै लामो समय देखी लोक संगीतको क्षेत्रमा लागि परेका गायक सन्जय फ्राउनफेल्डर आफू भने दृष्टिबिहिन छन् । यो गीतमा माया प्रेमलाई मुख्य विषय बस्तु बनाएर गीत तयार गरिएको छ । सागर विरहीको शब्द/ संगीतमा सन्जयले मिठो स्वर भरेका छन् ।

गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल सारीका के.सी र सागर विरहीको मन छुने अभिनय देख्न सकिन्छ । कपिल लामाको निर्देशनमा तयार भएको भिडियोलाई राजेश घिमिरेले खिचेका छन् भने अमर शाक्यको सम्पादन रहेको छ ।

म्युजिक भिडी हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES