देखन चम्पाका गायक कृष्ण काफ्लेले फेरी ल्याए बजारमा लाइदैन माया-पिरती तिथि र मिति तोकेर

कार्तिक ३० काठमाडौ, नेपाली सांगीतिक क्षेत्रमा आफ्नो सुमधुर आवाजको लिएर एउटा शिखरको चुचुरोमा पुग्दैछन् गायक कृष्ण काफ्ले । बहु-चर्चित नेपाली चलचित्र छक्का पन्जाको सुपर हिट गीत देखन चम्पा त्यसै गरि किस्मत २ को तिम्रो पिक्चर हिट गीत बाट नेपाली सांगीतिक आकाशमा एकाएक चर्चामा आएका गायक कृष्ण काफ्लेले फेरी पनि आफ्नै आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । छोटो समयमा नेपाली सांगीतिक फाँट अनि चलचित्र जगतमा आफ्नो वर्चस्व देखाउन सफल गायक काफ्लेले आफ्नो गीतमा आफैले मोडलिङ पनि गरेका छन् ।

लाइदैन माया पिरती तिथि र मिति तोकेर, भन्न जति सजिलो छ मिल्दैन दिन जोखेर चल्दैन जीवन यसरी मायामा हिसाब खोजेर बोलको गित मार्फत उनले म्युजिक भिडियोमा नायिका अशिष्मा नकर्मी संग अभिनय गरेका छन् । काफ्लेको आफनै स्वर रहेको यो गीतमा संगीत पुरुषोत्तम न्यौपानेको रहेको छ । विक्रम सुन्दासको शब्द रहेको यस गीतको म्यूजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् भने अर्जुन तिवारीको छायांकन संगै निशान घिमिरेकोको सम्पादन रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

https://youtu.be/UQ7r7mO5LaQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *