“देशले माग्दैन, दिनुपर्छ” नामक लघु चलचित्रको धरानको गणेश टाकिजमा विशेष प्रदर्शन

धरान १५ जेठ-नालापानी चलचित्रका लागि खोज तथा अनुसन्धान गर्ने क्रममा तयार पारिएको (देशले माग्दैन, दिनुपर्छ) नामक लघु चलचित्रको आज धरानको गणेश टाकिजमा विशेष प्रदर्शनि गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले देश संघियतामा गई सकेको अवस्थामा धरानलाई चलचित्र नगरीका रुपमा विकास गर्नुपनर्मेमा जोड दिंदैं राष्ट्रियता र ऐतिहासिक कथा वस्तुमा आधारित थुप्रै चलचित्र बन्नु पर्ने र आफू पनि यस्ता चलचित्र बनाउन जुटीरहने भन्दै नेपालको सिमानाको सुरक्षाको लागि काँडेतारबार लगाउनु पर्ने र सबै जना त्यस अभियानमा अभियान्ताका रुपमा जागरुक भई सहभागी हुनका लागि धरानवासि लगायत सम्पूर्ण नेपालीलाई अपिल र अनुरोध गर्दै १० औं गणतन्त्र दिवशको शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि सेनानी श्री प्रफुल्ल बिक्रम शाह, विशष अतिथि डि.ए.पि. ढकेन्द्र अतिवडा र सशस्त्रका ढि.एस.पि. तिलक घले रहेका थिए । नेवार एकता समाजका अध्यक्ष विशाल श्रेष्ठको सक्रियतामा सम्पन्न कार्यक्रममा सम्मान एवम् मायाको चिनो निर्देशक, निर्मात तथा कलाकारहरुलाई प्रदान गरिएको थियो । निर्माता मनोज शाक्य र कलाकारहरु अर्जुन जंङ शाही, सरोज खनाल, नवल खड्का, पुजना स्त्री, सरीता राजोउपाध्या, विष्णु मोक्तान, रबिन श्रेष्ठ आदि रहेका छन् । निर्देशक रिमेश अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *