दोलखाको सबै भन्दा कान्छा स्वतन्त्र उम्मेदवार सुरेन्द्र खड्का

काठमाडौ ३ बैशाख, बैशाख ३१ मा हुन लागी रहेको स्थानिय निर्वाचनमा देशकै पहिलो स्वतन्त्र उम्मेदवारको रुपमा दोलखा कालिञ्चोकको सुरेन्द्र खड्काले गाउँ पालिका प्रमुखमा उम्मेदवार दिएका छन् ।

काठमाडौमा शैक्षिक व्यवसायमा आबद्ध खड्का दोलखाका सबै भन्दा कान्छा उम्मेदवार हुन् । उनि पहिले माओबादि केन्द्र निकट अखिल क्रान्तिकारीका पुर्व विद्यार्थी नेता हुन् । दोलखाको लापीलाङ्ग गाविसमा जन्मिएका खड्का  बुद्धभूमी शान्ति समाजका महा सचिव हुन् । र कालिञ्चोक गाउँपालिकाको अन्य राजनीतिक दलका उम्मेदवारहरु भन्दा त्याँहाका जनताले आफूलाई विश्वास गर्ने उनि बताउछन् ।

आफू दोलखा जिल्लाको युवाहरुको ढुकढुकी भएको भन्दै गाउँ पालिकामा आफ्नो जस्तो अरु राजनीतिक दलहरुमा भिजन नभएको बताउछन् । अब देशमा खोक्रो भाषण छाट्ने नेताहरु भन्दा जनताको समस्याको समाधान गर्ने नेतालाई स्थानीय निर्वाचनमा मत दिने जिकिर गर्छन् ।

सूचना खबर संग कुरा गर्दै खड्काले भने “कालिञ्चोक गाउँ पालिकालाई कसरि समृद्ध बनाउने र चौतर्फी विकास कसरि गर्ने भन्ने भिजन आफू संग मात्र भएकोले आफ्नो विजय सुनिश्चित रहेको दावी गरे” ।

One thought on “दोलखाको सबै भन्दा कान्छा स्वतन्त्र उम्मेदवार सुरेन्द्र खड्का

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES