दोस्रो चरण निर्वाचनको लागि मनोनयन दर्ता सुरु

काठमाडौ १६ कातिक- मंसिर २१ मा हुने दोस्रो चरणको प्रत्यक्षतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा बिहान १० बजेदेखि मनोनयन पत्र दर्ता शुरु भएको हो ।

उम्मेदवारको मनोनयनपत्र पेश गर्दा प्रतिनिधिसभा सदस्यका लागि रु १० हजार र प्रदेश सभा सदस्यका लागि रु पाँच हजार लाग्नेछ । महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने निर्वाचन आयोगले जनाएको छ ।

४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले मनोनयन दर्ता गर्दैछन् । आयोगले बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *