धम्काई पैसा र मोवाइल लिन खोज्ने पक्राउ

काठमाडौँ ५ बैशाख, धम्काएर पैसा र मोवाइल लिन खोज्ने नक्कली प्रहरी पक्राउ परेको छ । कंन्चनपुर घर भई हाल काठमाडौँ सुकेधारा डेरा गरी बस्ने २७ बर्षीय केशव सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

सिंहले सोमबार डोटी गगुडा ३ घर भई हाल काठमाडौँ महानगरपालिका ३५ कोटेश्वरस्थित महादेवस्थानमा डेरा गरी बस्ने शुभम बोगटीको कोठामा गई म पुलीस हुँ भनी धम्क्याई पैसा र मोवाईल लिन खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.