धरानमा एक युवाको बीभत्स ह्त्या

पौष ९ धरान,धरान १५ को चुम्लुङहिम परिषरको पूर्वपट्टीमा एक युवाको घाटी रेटेर विभत्स हत्या भएको छ । अहिलेसम्म पहिचान खुल्न नसकेको करिव १८–१९ बर्षीय युवाको हत्या भएको हो । हत्याको कारण हालसम्म खुल्न सकेको छैन् । घाटी रेटेर त्यसपछि ढुङ्गा प्रहरी गरी हत्या गरेको प्रहरी जनाएको छ । घटना के कसरी घट्यो भन्ने यकिन हुन नसके पनि उक्त युवा लागूऔषधको कुलतमा फसेको र छेउछाउमा डेन्ड्राइटसमेत रहेकाले लागूऔषध प्रयोगकर्ता हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार घटना ३ देखि ४ बजेको आसपासमा भएको देखिन्छ । त्यत्रो घटना भए पनि नजिकै घर रहेकाहरुले भने केही थाहा नपाएको बताएका छन । हत्यामा संलग्नको आशङ्कामा धरान प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । घटनामा अनुसन्धान भइरहेकाले नाम खुलाउन नमिल्ने प्रहरीले बताएको छ। शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *