धुर्मुस-सुन्तली फाउण्डेसनले मुसहर बस्तीमा एकीकृत बस्ती निर्माण गर्ने

पौष ७ महोत्तरी, धुर्मुस-सुन्तली फाउण्डेसनले बर्दिवासका मुसहर बस्तीलाई एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेसँगै बर्दिवासका मुसहरहरुको मुहारमा खुसी छाएको छ । आर्थिक निम्नबर्गका मुसहरहरुले व्यवस्थित बस्ती र पक्की घर पाउने भएपछि वुधबार साँझ दिनाभद्री मन्दिरमा भेला भएर दिपावली गरेर खुसी मनाएका हुन् ।

दाउरा बेचेर जसोतसो गुजारा चलाइरहेका मुसहर जातिले एकीकृत बस्ती निर्माणमा आफ्नै गाउँ रोजिएकामा धुर्मुस-सुन्तली फाउन्डेसन प्रति आभार प्रकट गरेका छन् ।

हास्यकलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले बुधबार उक्त गाउँमा एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका थिए । उक्त बस्तीमा ५० परिवार मुसहरको बसोबास छ ।

अघिल्लो वर्ष सरसफाइ कार्यक्रमकोक्रममा धुर्मुस-सुन्तली मुसहर बस्ती पुगेका थिए । उक्त कार्यक्रममा जाँदा उनीहरुले मुसहरको स्थिति दर्दनाक देखेपछि सहयोग प्रयास गरेका थिए । धुर्मुस-सुन्तलीले अघिल्लो वर्ष हिउँदमा उक्त बस्तीमा न्यानो कपडा वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *