नगद रहित मोबाईल कारोवार हुने

काठमाडौ ५ असार-सरकारले नेपालमा नगदरहित कारोबारमा आधारित ‘मोबाइल मनी’ प्रविधि छिट्टै सार्वजनिक गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकको संयुक्त पहलमा मोबाइल मनी सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

मोबाइल मनी भनेको मोबाइलको प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था हो । जुन नगदरहित (क्यासलेस) हुनेछ । साउनदेखि पूर्ण रुपमा यो प्रविधि लागू हुने बताईएको छ । मोबाइल मनी भनेको मोबाइलबाटै कारोबार गर्न सकिने व्यवस्था हो । ग्राहकले कुनै एक बैंकमा ‘वालेट’ (बैंक खाता) राखेको हुनुपर्ने छ । उक्त खातामा रहेको रकमलाई मोबाइल ‘कोड नम्बर’ प्रयोग गरेर कारोबार गर्न सकिने छ ।

यो नगदरहित भएकाले आम उपभोक्तालाई कारोबार गर्न सजिलो हुने विश्वास गरिएको छ । अब प्रत्येक गाउँपालिकामा बैंक शाखा पुग्ने छन् । नपुगे शाखारहित बैंकको रुपमा मोबाइल मनी कारोबार हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *