नयाँ जीवन नेपालले जनचेतना सहितको सांगीतिक सांस्कृतिक राष्ट्रव्यापी अभियान गर्ने

ईन्द्र जिजीबिषा-काठमाडौ १ बैशाख, नयाँ जीवन नेपालले जनचेतना सहितको सांगीतिक सांस्कृतिक राष्ट्रव्यापी अभियान गर्ने भएको छ । “नयाँ जीवन नेपालद्वारा संरक्षित बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ देशव्यापी जनचेतना सहितको सांगीतिक सांस्कृतिक अभियान” भन्ने मूल नाराका साथमा उक्त अभियान गर्ने भएको हो ।

नयाँ जीवन नेपालले बौद्धिक अपाङ्ग भएका बालबालिकाहरुलाई गास, बास, कपासको साथमा संरक्षण दिदै आएको छ । “यो देशमा स-सम्मान बाँच्न र शिक्षा पाउने अधिकार सबैको हुन्छ । यसैले कोही कसै संरक्षण र शिक्षाबाट बन्चित हुन नपरोस भनेर नै यो नयाँ जीवन नेपालको स्थापना भएको” नयाँ जीवन नेपालका संस्थापक अध्यक्ष एवं संचालक राजन खनालले बताए । हाल नयाँ जीवन नेपालमा ३० जना भन्दा बढि बालबालिकाहरु संरक्षित छन् ।

जनचेतना सहितको सांगीतिक सांस्कृतिक अभियानमा अहिले नै को-को कलाकार रहने भन्ने टुंगो नलागे पनि,अहिलेका जनप्रिय र चर्चित कलाकारहरु रहने बताईएको छ । उक्त कार्यक्रममा कलाकारहरुले मनोरन्जन दिनेछन् भने, कार्यक्रमको बिच-बिचमा जनचेतना मूलक सूचना तथा अभिव्याक्तिहरु प्रस्तुत गरिने छ ।

कार्यक्रम आउने असारमा राष्ट्रिय नाचघर बाट सुरुवात गरेर पुर्वको ईलाम, धनकुटा, धरान,रसुवा, संखुवासभा,उदयपुर,बुटवल,पोखरा लगायत अन्य ठाउँहरुमा गरिने छ । कार्यक्रमबाट जम्मा भएको सम्पुर्ण रकम बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गरिने नयाँ जीवन नेपालका संस्थापक अध्यक्ष तथा संचालक राजन खनालले बताए ।

कार्यक्रममा सहयोग गर्ने सहयोगदाताहरुलाई ताम्र पत्र, सम्मान पत्र लगायत विभिन्न गिफ्ट ह्याम्परहरुले सम्मान गरिने र स्मारिकामा सहयोग गर्नेहरुको नाम उल्लेख गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES