नयाँ शक्ति पार्टिले आफ्नै चुनाव चिन्हबाट चुनाव लड्ने, सुर्य बाट चुनाव नलड्ने

काठमाडौ २७ असोज- नयाँ शक्ति नेपालले सूर्य चुनाव चिन्हबाट चुनाव नलडने भएको छ । अव नयाँ शक्ति आफ्नै चुनाव चिन्हबाट चुनाव लडने पार्टिले जनाएको छ । चुनावी टिकट बाँडफाँडमा आफ्नो पार्टीको अपमान गरिएको भन्दै नयाँ शक्तिले सूर्य चिन्हबाट चुनाव नलड्ने बताएको हो ।

नयाँ शक्तिले यसवारे निर्वाचन आयोगसँग पनि परामर्श गरेको जनाएको छ । गठबन्धनमा भएपनि माओवादी र एमाले आफ्नै चुनाव चिन्हबाट चुनाव लडने भएका छन् । गठबन्धन बन्दा नयाँ शक्तिले सूर्य चिन्हबाट चुनाव लडने सहमति गरेको थियो ।

अब नयाँ शक्ति पार्टिले पार्टी संयोजक डा.बाबुराम भट्टराई गोरखा २ बाट नै चुनावमा उत्रार्ने भएको छ । आज बसेको सो पार्टीको वैठकमा यस विषयमा सहमति जुटेको छ ।

माओवादी केन्द्र र एमालेबीच गोर्खाका दुवै क्षेत्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार दिने सहमति नजिक पुगेपछि नयाँ शक्तिले आफ्नो विकल्प अगाडि सारेको हो ।

गोरखा २ नम्बर क्षेत्रबाट माओवादी केन्द्रका नारायाणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् । श्रेष्ठ र भट्टराईको निर्वाचन क्षेत्र गोरखा २ नै हो । त्यसैले श्रेष्ठ र भट्टराई दुवैले २ नम्बर क्षेत्र दाबी गर्दै आएका हुन् ।

गठबन्धनमा सहमति नजुटेपछि भट्टराईले ओलीलाई छुट्टै भेटेर वाम गठबन्धन र पार्टी एकता प्रक्रियाबाट समेत बाहिरिन चेतावनी दिएका थिए ।
भट्टराईले जुनसुकै अवस्थामा पनि गोरखा २ बाटै उम्मेदवार बन्ने उद्घोष गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *