नयाँ शक्ति पार्टि नेपालले हिमाल पहाड तराई राष्ट्रिय अभियान गर्ने

फागुन २८ काठमाडौ,डा.बाबुराम भाट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नेपालले आगामी चैत महिनामा ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ सञ्चालन गर्ने भएको छ । फागुन २६ गते बसेको नयाँ शक्ति पार्टी, नेपालको राष्ट्रिय तथा सामाजिक जन–परिचालन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याइ संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताईएको छ । अभियानको पहिलो चरणमा चैत १–७ सम्म आन्तरिक तयारी गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणमा चैत ९–१२ सम्म देशव्यापी रुपमा ७ ठाउँमा सभा गर्ने जनाईएको छ । नयाँ शक्तिले चैत ९ गते दिउँसो १२ बजे इनरुवामा र दिउँसो ४ बजे लाहानमा चैत १० गते दिउँसो १२ बजे बर्दिबासमा र दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा गर्ने बताइएको छ । चैत ११ गते दिउँसो १२ बजे भैरहवामा चैत १२ गते विहान ९ बजे कोहलपुरमा र दिउँसो २ बजे धनगढीमा सभा हुने जानकारी दीइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *