नयाँ शक्ति पार्टी नेपालको किरात राई काठमाडौ जिल्ला भेला सम्पन्न

naya shakti partiपौष २३ काठमाडौ,नयाँ शक्ति पार्टी नेपाल काठमाडौ जिल्ला सम्पर्क समितिले किरात राई परिषदको पहिलो भेला सम्पन्न गरेको छ । नयाँ शक्ति पार्टी विदेश विभाग प्रमुख हिशिला यमिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हिशिला यमीले भनिन्, पहिले र अहिलेको परिस्थिति बदलिएको छ ।

हिजोका सासित किरातीहर शोषित बन्न पुगे, नेपालमा सबै भन्दा लामो समय किरातीहरुले राज्य सञ्चालन गरेको इतिहास छ । तर आज किरातीहरु कसैको दास भर काम गर्न चाहँदैनन् । त्यसैले आज हामीले खान लागेको गाँस खोसिन लाग्यो भनेर सबै अतालिएका छन् । तर नयाँ शक्ति पार्टीले कसैको भेदभाव गर्दैन । हरेक जाती हरेक समुदायलाई उसले पाउने अधिकार दिन मात्र खोजेको हो ।

संसारको कुनै पनि ठाउँमा, जातीय विकास नभई समाजको विकास हुदैन । जव समाजको विकास हुन्छ, त्यसपछि, गाउँ शहर र देशको विकास हुन्छ । यसर्थ नयाँ शक्ति पार्टीले क्लस्टरको आधारमा सबैलाई समान अधिकार दिन खोजेको छ । तर आदिबासी जनजातीमा पनि एकता छैन, त्यसैले जनजाति भित्र एकताको खाँचो रहेको बताइन् । यदि जनजातिहरु एकता हुने हो भने, आदिबासी जनजातिहरुको बाहुल्य रहेको काठमाडौमा आगो बाल्न सकिने पनि बताइन् ।

सस्तो लोकप्रियताको पछि लाग्ने हो भने, प्रचण्ड भन्दा धेरै अगाडी हुन्थ्यो होला बाबुराम भट्टराई । तर यो ६० बर्षको उमेरमा पनि तपाईहरुकै हक अधिकारको निम्ति उहाँ लागि पार्नु भएको छ, किरातीहरुलाई उदृद गर्दै भनिन् । स्वार्थ र पैसाकै निम्ति लाग्ने हो भने, बाबुराम विभिन्न तलब, भत्ता र पदमा बसेर ऐस आराम साथ बस्न सक्नु हुन्थ्यो । तर अवको निकास, आर्थिक विकास, समृद्धि हाम्रै पालामा भनेर उहाँ लागि पार्नु भएको छ । पहिचानको आधारमा ५ र सामर्थ्यको आधारमा ४ हुनु पर्ने कुरामा जोड़ दिईन् ।

त्यस्तै किरात राई राष्ट्रीय परिषदको जिल्ला संयोजक कटक राईले भने, बाबुरामले पार्टी फुटाएको हैन, पार्टी बाट एक्लै निस्किएर अगाडी बढेका हुन् । नयाँ शक्ति नेपालले विभिन्न जात जातिहरुको पहिचानलाई स्विकारेको छ । किरातीहरु आदिवासी हुन् भनेर सबैले भन्छौं, तर आफ्नो अधिकारको निम्ति लड़ना चाहदैनौं । त्यसैले अब अवको निकास, आर्थिक विकास, समृद्धि हाम्रै पालामा भन्ने नारालाई ब्याबहारमा उतार्नु पर्ने बताए ।

कार्यक्रममा हिशिला यमी, ईश्वर रिजाल, आशा तामांग, चन्द्र कुलुंग, सरस्वती सुनार लगायत अन्य उपस्थित थिए । किरात राई जिल्ला भेलाले, काठमाडौ जिल्ला परिषदको सह संयोजकमा दिलीप राईलाई सर्व सहमतिमा चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *