नयाँ शक्ति र संघीय समाजवादी फोरमले खाता खोल्यो

रुपन्देही- नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त चुनावी गठनबन्धनले रुपन्देही जिल्लास्थित सुद्धोधन गाउँपालिका वडा नं. १ बाट विजयी सुरुवात गरेकाे छ ।

सुद्धोधन गाउँपालिका वडा नं. १ मा दुई दलको संयुक्त गठनबन्धनको तर्फबाट उदयराज गडेरिया (बाबुराम पाल)सहितको संयुक्त प्यानल विजयी भएको छ । विजयी हुनेहरुमा बाबुराम पालसहित गाउरा लोनिया, सुशिला कुमारी चमार, सन्तराम लोनिया र बालकृष्ण मल्लाह रहेका छन् ।  वडा नं. १ को मतगणना सकिएको भए पनि औपचारिक घोषणा भने केहीबेरमा हुने भएको छ ।

सुद्धोधन गाउँपालिकामा नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा हरि प्रसाद पालले ६९९ मत र उपाध्यक्षमा सूर्यलक्ष्मी विकले ७४५ मतसहित अग्रता लिएको छ भने नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार भगवती प्रसाद थारुले ६८८ र उपाध्यक्ष उम्मेदवार रामेश्वरी सिंह ठकुरीले ६३१ मत ल्याएर पछ्याई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *