नरकोशी डटकमले नेपाली भाषी यु ट्युब च्यानलका सम्पुर्ण भिडियो एकै साथ् हेर्ने व्यवस्थाको सुरुवात गर्‍यो

अस्ट्रेलिया १४ चैत्र, नरकोशी डटकमले नेपाली अनलाईन पत्रकारितामा अनलाइन क्लिपिंगका लागि सहकार्य सुरुवात गरेको छ । अस्ट्रेलियामा स्थापित सूचना प्रबिधिमा खोज तथा उत्पादन गर्ने संस्था बुनेशा इन्टरनेसनलद्वारा संचालित नरकोशी डटकमले आफ्नो स्थापनाको दोश्रो वर्ष सुरु हुदा नेपाली भाषाको अनलाइन पत्रकारिताको प्रबर्दन गर्न नेपालको प्रेस काउन्सिल संग अनलाइन क्लिपिंगका लागि सहकार्य सुरु गरेको हो ।

नरकोशी डटकममा हालै नेपाली भाषाका श्रब्य दृश्य सामग्रीहरु सजिलै हेर्न सकिने प्रबिधि तयार गरिएको हो । यो सुविधा लिनको लागि http://www.narkosi.com/videos लिंकमा गएर हेर्न सकिनेछ । यस अघिनै नेपाली भाषाका रेडियोहरु पनि नरकोशी डटकममा सुन्न सकिने ब्यबस्था गरिसकिएको छ ।

विश्वभरि अहिले करिव एक करोड नेपाली भाषीहरु इन्टरनेटको पहुँचमा भएको अनुमान छ । नरकोशीको पहल ती एक करोड इन्टरनेटका प्रयोगकर्ता नेपाली भाषीलाई नेपाली भाषाका भिडियो सामग्रीहरु सजिलै उपलब्ध गराउनु रहेको नरकोशी अनलाईनले जनाएको छ । नरकोशी डटकमले गरेको एक तथ्यांक संकलनको क्रममा नेपाली भाषाका तीनसय सत्तरी भन्दा बढी यु ट्युब भिडियो च्यानलहरु रहेका छन् ।

त्यस्तै प्रत्येक २४ घण्टामा यु ट्युब च्यानलमा तिन सय भन्दा बढी नेपाली भाषाका भिडियो सामग्रीहरु अपलोड हुने गर्दछन् । नरकोशी डटकमले आफ्ना उपभोक्ताहरुको सेवाका लागि यु ट्युबमा अपलोड भएका कुनै पनि भिडियोलाई दस मिनेट भन्दा पनि कम समयमा उपलब्ध गराउने गर्दछ । हालसम्म नरकोशी डटकमको संग्रहमा साठी हजार भन्दा बढी नेपाली भाषाका भिडियोहरु संकलन भएका छन् ।

नरकोशी डटकमले नेपाली भाषाका यु ट्युब च्यानलहरुले प्रशारण गर्ने कार्यक्रमहरु विषयगत रुपमा प्रस्तुत गरेकाले दर्शक श्रोताको समय बच्नुका साथै आफ्नो रुची अनुसारका कार्यक्रम छान्न सकिने भएको छ । जस्तै:-समाचार,अन्तर्वार्ता कमेडी,खेलकुद,संगीत,फिल्म,प्रेरणादायी भिडियोहरु भनेर क्याटागोरी छुट्याइएको छ । त्यस्तै समयक्रम अनुसार पनि भिडियो हेर्न मिल्ने भएकोले नेपाली भाषाका अनलाइन भिडियोका दर्शकलाइ यो निकै उपयोगी पनि छ ।

नरकोशीडटकमले भिडियो उत्पादक च्यानलहरुलाई उनीहरुका लक्षित श्रोताहरुसम्म सजिलै पुर्‍याउने व्यवस्था गरेको छ भने श्रोतालाई रोजेको र खोजेको भिडियो सामग्री प्राप्त गर्ने सुबिधा प्रदान गरेको छ । नेपाली भाषाका श्रब्य दृष्य सामग्रीहरुको संरक्षण गर्ने,प्रचार गर्ने र प्रबर्धन गरिने भएकाले यो पछिल्लो प्रबिधि बाट उत्पादक देखि दर्शक सम्म सबैलाई ठुलो मद्दत पुग्ने हामीले आशा गरेको बुनेशा इन्टरनेसनलका सीईओ खेम शर्माले सूचना खबरलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *