नागरिता नहुदा बसुधराको बृद्ध भत्ताले जाडोको लुगा किन्ने धोको अधुरै

ईनयाँ पत्रिकाबाट
ठयाक्कै थाहा नभएपनि उमेरले सत्तरी वर्षको छेउछाउ पुगेकी बसुधरा ऋषिदेवको सधै चाहना हुन्छ बृद्ध भत्ता पाए आफना लागि जाडोको लुगा र खोकीको औषधि किन्ने । तर, नागरिकता नभएकोले उनको यो चाहना पुरा हुन सकेको छैन । यसैले गाउँमा पुग्ने जोकोहीलाई जाडोमा कठयांग्रिएको अर्धनग्न आंग लिएकी उनि भन्ने गर्छिन, ‘नागरिकता भए बृद्ध भत्ता लिएर लुगा र औषधि किन्ने थिएँ, कसैले सहयोग गदैनन् ।,

मोरङको सुन्दर हरैचा ५ डिपु गाउँको सुकुम्बासी बस्तीमा करिब ५० घर परिवार ऋषिदेव (मुसहर) परिवारको बसोवास छ । ज्याला मजदुरी गरेर पालिनुपर्ने समस्याले गर्दा सबैको आर्थिक अवस्था नाजुक छ । प्राय सबैलाई न्याना लुगाको अभाव छ । हरेक वर्ष मुटु कमाउँदै आउने जाडोले बृद्ध बसुन्धरालाई नागरिकता नभएको छटपटी हुन्छ । जाडोमा दम बढर उनलाई सास फर्नै गाह्रो हुन्छ तर, औषधि किन्ने पैसा नै हुँदैन ।

बृद्ध बसुधराका श्रीमान सुतरु ऋषिदेवको नागरिकता बनाएकोले बृद्ध भत्ता थाप्दै छन् । श्रीमानले बृद्धभत्ता पाउँदा बसुधराको पनि मन कटक्क खान्छ । उनले पटक पटक छोराबुहारी र श्रीमानलाई नागरिकताका लागि हारगुहार गर्छिन । तर, ‘प्रमाण नपुगेको’ भन्दै हरेक वर्ष रित्तो हात पर्कनु पर्छ उनले ।
उनलाई के प्रमाण पुगेन थाहा छैन । श्रीमानले कान्छी श्रीमती ल्याएर जेठी बसुधरालाई बेवस्ता गरेपछि उनको नागरिकता बन्न नसकेको बुहारी लहरी ऋषिदेव बताउँछिन । उनका अनुसार, बसुधराकी सौताको मृत्यु भैसकेको छ ।

तर, एउटै श्रीमानले दुई श्रीमतीको नागरिकतामा सनाखत गर्न नपाउने भएकोले उनको नागकिरता बनाउने धोको अहिलेसम्म पूरा भएको छैन् । बुहारी बतासीले भनिन्, ‘सासु आमाको नागरिकता बने त भत्ता थापेर औषधि र लुगा किन्न त हुन्थ्यो । अहिलेसम्म बन्न सकेन ।’

One thought on “नागरिता नहुदा बसुधराको बृद्ध भत्ताले जाडोको लुगा किन्ने धोको अधुरै

Leave a Reply

Your email address will not be published. Required fields are marked *