नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन १६ असार – नारायणगढ मुग्लिन सडकखण्डमा आज पहिरो गएको कारण बिहानै देखि अवरुद्ध भएको छ ।चितवन जिल्ला ट्राफिक प्रहरीका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोेलामा विहान ८ बजे देखि पहिरो खसेको हो ।सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारीसाधन विचबाटोमै अलपत्र परेका छन् ।

अहिले पहिरो हटाउने प्रयास भइरहेको बताईएको छ । केही दिन अघिमात्र कालीखोलामा खसेको पहिरोले प्रहरी सवार जीप बगाएर खोलामा खस्दा २ प्रहरीको मृत्यु भएको थियो भने अन्य २ जना प्रहरी अझै हराइरहेका छन् ।पटक–पटक पहिरको कारणले सो सडकखण्डमा यात्रा जोखिमपूर्ण भएकोले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *