नारायण धितालको “देखे तिमीलाई” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

फागुन २१ काठमाडौ,गायक नारायण धितालको आवाजमा रहेको “देखे तिमीलाई” को म्युजिक भिडियो सार्वजनिक भएको छ। आफ्नै संगीत र शब्द रहेको उक्त गीतलाइ नारायणले स्कटल्याण्डको रमणनिय स्थानमा छायांकन गरेका छन् ।
हाल बेल्जियम रहेका गायक धितालले करिब पन्ध्र वर्ष अघि अहिलेका चर्चित कलाकारहरु अन्जु पन्त, शिव परियार, रामचन्द्र काफ्ले, हरि लम्सालहरु संगै चार वर्ष गन्धर्ब संगीत पाठशालामा गायन र संगीत अध्ययन गरेका थिए । यो गीतको म्युजिक भिडियोमा अन्जना घले र सुबास सापकोटाले अभिनय गरेका छन् भने निर्देशन दिपेश रेग्मीले गरेका छन् ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *