निजि विद्यालयले शुल्क नघटाए भौतिक कार्वाहीगर्ने (क्रान्तिकारी)को चेतावनी

काठमाडौं २ असार- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले निजि विद्यालयले बढाएको शुल्क नघटाए भौतिक कार्वाही चेतावनी दिएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट विद्यार्थी संठन क्रान्तिकारीले पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो ।

संगठनका अध्यक्ष पूर्णबहादुर सिँहले विगतमा मुख्य वृद्धि नगर्ने भनेर गरिएको सम्झौता कार्यन्वयन नगरिएको भन्दै तत्काल माग सम्बोधन नभए जुनसुकै तवरको आन्दोलन गर्न तयार रहेको बताए ।

उनले भने,‘२०७२ साल वैशाख ६ गते सहमति गरिएको थियो, भौतिक पूर्वाधार र शुल्क मापदण्ड तयार पारिएको थियो, त्यो आज हराईएको छ, हामी भन्छौँ तत्काल त्यो सम्झौता कार्यन्वय गर्नुपर्छ, त्यो फाईल सार्वजनीक गर्नुपर्छ, राजनीति दलालीहरू शिक्षाको नाममा दलाली गर्दैछन्, यो हामी हेरेर बस्दैनौ, हाम्रा मागहरू पुरा भएनन् भने भौतिक रुपमा कार्वाही गर्न वाध्य हुनेछाँै ।’

कार्यक्रममा असारमा ४ गते शुल्क वृद्धि गरेका विद्यालयहरूमा विरोध स्वरुप कालो झण्डा देखाउँने, असार ६ गते सरोकारवालासँग अन्तरक्रिया गर्ने, असार ८ गते अत्याधिक शुल्क वेद्धि गर्ने विद्यालयको लेख र विद्यायल प्रधानाध्यापको कार्यकक्षमा अनिश्चित तालाबन्दि गर्ने, असार १३ गते उपत्यका बन्द गर्ने, असार १४ गतेसम्म माग पुरा नभए थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जानाकारी दिदै अध्याक्ष सिँहले आफ्ना मागहरू प्रति वेवास्ता गरिएर जुनसुकै आन्दोल गर्न तयार हुने बताएका छन् ।

कार्यक्रममा केन्द्रय सचिव रामबहादुर वि.कले प्रेस विज्ञप्ती वाचन गर्दै भने,‘ निजि स्कुलसँग धेरै चोटी वार्ता गरेका छाँै, हाम्रा मागहरू वार्तामा सम्बोधन गछौँ भन्ने तर व्यवहारमा झन चर्को शुल्क लिने काम भएको छ, यो हामीलाई स्वीकार्य छैन्, ३ वर्षको बालबालिको नाममा कम्प्यूटर, जिम, पौडी जस्ता विषयमा शुल्क लिएको पाईएको छ, यो सोझै आर्थिक बर्मलुट हो, सरकारले यस अपारिधिक कामलाई टुलुटुलु हरीरहेको छ, तर हामी यस्तो अन्याय हेर्न सक्दैनौ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *