निवर्तमान अख्तियार प्रमुख लोकमान शिंह कार्कीको पेन्सन रोकिएन, भविष्यमा प्रधानमन्त्रि, मन्त्रि हुने बाटो खुल्लै

पौष २५ काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख लोकमानसिंह कार्कीले सरकारबाट उनले पाउने पेन्सन सुविधा पाउने भएको छ । महाअभियोग नलागेको कारण, सदाका लागि सरकारी सेवामा अयोग्य हुनबाट पनि जोगिएका छन् । भविष्यमा सांसद, मन्त्री, वा प्रधानमन्त्री नै बन्छु भन्ने अवस्थामा पनि उनलाई कानून र संविधानले रोक्दैन ।

सर्वोच्चका प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले भदौ ३१ मा कार्कीको योग्यतासम्वन्धी मुद्दामा फैसला गर्दै, कार्कीलाई पदमुक्त गरेपछि, सर्वोच्चको आदेशसँगै संसदमा चलिरहेको महाअभियोग प्रस्ताव अघि नबढ्ने भएको छ ।

यदि संसदले महाअभियोग लगाएको भए कार्की पदमुक्त त हुन्थे नै, भविश्यमा सरकारी सेवाका लागि पनि उनी अयोग्य हुने थिए । महाअभियोग लागिसकेपछि कार्कीले सरकारबाट कुनै पनि सुविधा पाउने थिएनन् । उनको पेन्सन समेत रोकिने थियो ।

सर्वोच्च अदालतले लोकमानलाई कुनै सजायँ सुनाएको छैन । अदालतको म्याद तामेलीमा भएको अवरोध र अदालतको अवहेलनामा समेत उनी दोषी नरहेको अदालतले भनेको छ । लोकमान केवल अख्तियार प्रमुखका लागिमात्रै योग्य नरहेको भन्दै अदालतले उनलाई पदमुक्तसम्म गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *