निषेधको राजनीतिले असन्तुलन निम्तने खतरा पूर्व राजा ज्ञानेन्द्रले बताए

कार्तिक ४ काठमाडौ,पूर्वराजा ज्ञानेन्द्र शाहले विहीबार पशुपति क्षेत्रमा अवस्थित वनकालीमा आयोजना गरिएको ‘विराट हिन्दु सम्मेलन’ बोल्दै देशमा निषेधको राजनीतिले असन्तुलन निम्तने र त्यसले विद्रोहको रुप लिने चेतावनी दिएका छन् ।
‘हाम्रो दर्शनले हामीलाई सधैं अगाडि बढ्न निर्देशित गर्दछ । तर यदि निषेधको राजनीति अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्ताउँदछ । असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्दछ,’ उनले अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलनलाई विहीबार सम्बोधन गर्दै भने ।

गणतन्त्र स्थापना पछि पहिलोपटक सार्बजनिक सम्बोधन गरेका पूर्वराजा शाहले अगाडि भने, ‘आजको यो स्थिति र हाम्रो दर्शनबीच हामीले आफूलाई राखेर हेर्न सक्यौं भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ । बहुजन हिताय, बहुजन सुखाय यो मूल मन्त्र आत्मसाथ गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *