नुनथलामा चार शेर्पा प्रतिनिधी, चारैै पार्टी, भतिजले हराए काका, बुहारी

चिसाङ शेर्पा असार-२४ खोटाङ
स्थानीय निर्वाचन तहको दोस्रो चरण चुनावमा रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलावाट ४ राजनीतिक पार्टीका चार शेर्पा प्रतिनिधीहरु चुनावी मैदानमा उत्रिएका थिए । २० वर्षपछि भएको स्थानीय चुनावमा नुनथलावाट नेकपा माओवादी केन्द्रले १ हजार ४२३ मतसहित प्यानलै जित हाँसिल गर्दा सोही पार्टीका खुल्ला सदस्य उमेद्वार ढकराज शेर्पाले चार शेर्पा प्रतिनिधी मध्ये २ सय ९० मतले विजयी हाँसिल गरेका हुन् ।

चार पार्टीका फरक–फरक चुनावी एजेण्डाहरु जनतासामु लिएर नेपाली कांग्रेसका खुल्ला सदस्य उमेदवार अमृत शेर्पा, नेकपा एमालेवाट महिला सदस्य उमेदवार साङडोमा शेर्पा र राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्ष उमेद्वार फुर्वा दोर्जे शेर्पा चुनावी प्रतिस्पर्धामा थिए । नेपाली काग्रेसका अमृत शेर्पा माओवादी केन्द्रका विजेता ढकराजका काका हुन्, नेकपा एमालेका साङडोमा शेर्पा बुहारी हुन् । नगरपालिकामा ईतिहासमै पहिलोपटक शेर्पा समुदायले राजनीतिमा जित हासिल गरेका हुन् । उतm समुदायले सहभागीता जनाए पनि जित पहिलो रेर्कड हो ।

स्थानीय निर्वाचनमा नेपाली काग्रेसका अमृत शेर्पाले १ सय २४, नेकपा एमालेका साङडोमा शेर्पा १ सय ३५ र राप्रपा पार्टीका वडाध्यक्षका उमेद्वार फुर्वा दोर्जे शेर्पाले ३ मत ल्याएका थिए । रुपाकोट मझुवागढी नगरपालिका नुनथलामा चार राजनीतिक दलमध्ये नेकपा माओवादी केन्द्रले तीन दललाई झिनो मतान्तरले पराजित गरेका हुन् । नेपाली कांग्रेसका अध्यक्ष जगविर तामाङ १ सय ८०, नेकपा एमालेका दिनेस साम्पाङ १ सय ५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका फुर्वा दोर्जे शेर्पाका ३ मत प्राप्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *