नुवाकोटको ककनी गाविस ६ स्थित अशोका चैत्यको गर्भन्यास् कार्य सम्पन्न

कार्तिक २९ ककनी,  नुवाकोटको ककनी गाविस ६ स्थित अशोका चैत्यको ललितपुर बुद्ध जयन्ती कोषको आयोजनामा गर्भन्यास् कार्य सम्पन्न भएको जानकारी पत्रकार बिचारी चाम्लिङ्गले  ककनी बाट दिएका छन्  । कुल ८० लाख रुपैयाँको लागतमा उक्त चैत्यको निमार्ण सम्पन्न हुने भएपनि हाल सम्मको खर्च ४० लाख रुपैयाँ भई सकेको छ । यसको सम्पुर्ण रकम दानदक्षिणा र सर्वसाधारणबाटनै संकलन गरिएको हो ।’ ककनीको चैत्य निमार्ण सम्पन्न पछि नगरकोटमा पनि यस्तै चैत्य निमार्ण गर्ने लक्ष रहेको छ ।
ककनीस्थित निमार्ण कार्यको थालनी भएको १ वर्ष वितेपनि थप केही महिनाभित्र चैत्यको मात्र निमार्ण कार्य सम्पन्न हुने छ । भने अन्य भौतिक संरचनाको निमार्णकार्य भने केही महिना लाग्ने बताइएको छ । यहाँ निकट भाविस्यमै बौद्धगुम्बा, विद्यालय, होस्टल साथै वुद्धिष्ट युनिर्भससिटी समेत बनाउने योजना रहेको छ । नानीबाबु बज्र्राचार्य (गुरुज्यू) को प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा तिव्वेटिएन गुरुहरुको समेत उपस्थिती रहेको थियो । सो चैत्य ४० रोपनीमा फैलिएको छ । सो जग्गाको मुल्य ५ करोडभन्दा माथिको रहेको बुझिएको जानकारहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *