नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा माओवादी केन्द्रका नेता जयमानको उम्मेद्वारी

बनु लोप्चन तामाङ्ग / नुवाकोट ३० असोज- मङ्सिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं २ मा ने.क.पा.(माओवादी)केन्द्रबाट जयमान वाईबाको नाम सिफारिश भएको छ । ने.क.पा. माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य समेत रहेका जयमान वाईबा तामाङ प्रत्यक्ष तर्फका उम्मेदवार सिफारिस भएका हुन् । कुशल संगठक, स्पष्ट वक्ता, मिलनसार अनि सद्द्भाव भएको कारणले नै, जयमान नुवाकोटवासी जनताको आशाको केन्द्रबिन्दु मानिएको छ । विकास प्रेमी, आदिवासी जनजातिको अगुवा वाइबा नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पनि हुन् ।

जयमानकै नेतृत्वमा नेपालमै पहिलोपटक नुवाकोट जिल्ला अदालतबाट मातृभाषामा बयान दिन पाउने व्यबस्था मिलाईएको थियो । जयमानले भनेका छन् “अहिलेको बाम गठबन्धनबाट पनि उम्मेद्बार बनाई अफ्नो अमुल्य मत दिई विजय गराउनको लागि सम्पुर्ण न्यायप्रेमी विकासवादी सोच भएका जनता समक्ष विनम्रताकासाथ हार्दिक अनुरोध गर्दछु ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *