नेकपा एमालेले खाता खोल्यो

१५ असार, बैतडी । स्थानिय तह दोस्रो चरणको चुनाव अन्तरगत असार १४ गते भेकोइ मतदानमा नेकपा एमालेले विजयको खाता खोलेको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ मा एमालेका परणबहादुर चन्द वडा अध्यक्षमा निर्वाचित भएका छन । उनी ४९२ मत ल्याएर विजयी भएका हुन ।

उनको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका जमनसिंह साउँदले ३२५ मत ल्याएका छन । चन्द सहित वडा नं १ मा एमालेको प्यानलै विजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *