नेकपा माओवादीको केन्द्रिय बैठक आज बस्दै

असोज ८ काठमाडौं,नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज पार्टी कार्यालय कोटेश्वरमा बस्दैछ । बैठकमा पार्टीको आन्तरिक गतिविधिको मूल्यांकन, सरकारको कामको विश्लेषणका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने भएको छ ।maobadiआजको बैठकमा खासगरी संगठनसम्बन्धी निर्णय लिने एक नेताले बताए । असोज ५ गते बसेको पार्टी कार्यालयको बैठकमा कार्यालयका सदस्यहरुले अहिले भद्दा संगठनात्मक व्यवस्थाका कारण पार्टी सञ्चालनमा अप्ठेरो परेको बताएका थिए ।

एक अनलाइनसँग कुरा गर्दै माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल आहूतिले भन्छन्, ‘माओवादीको केन्द्रीय समिति अहिले ८ हजारको हाराहारीमा पुगिसकेको छ, अब यही तरिकाले जाने हो भने १० हजार पुग्छ यसरी समस्याको हल हुने देखिँदैन । तसर्थ संगठनात्मक समस्याको सहि समाधान खोज्नकै लागि पार्टीको सचिवालयको बैठक डाकिएको छ ।’

उनीहरुले तत्काल पार्टीको महाधिवेशन हुने सम्भावना नरहेकाले त्यतिञ्जेलका लागि कस्तो संरचना बनाउने भन्ने निर्णय गर्न आवश्यक रहेको जोड दिएका थिए । फागुनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रधानमन्त्री भएपछि अहिले सरकार सञ्चालनमा प्राथमिकता दिनुपर्ने ठहर गर्दै केही समय अघि महाधिवेशन स्थगित गरेको थियो ।

हाल माओवादी केन्द्रमा भद्दा संगठन छ । तीन हजार हाराहारीको केन्द्रीय महाधिवेशन आयोजक समिति छ भने झण्डै सात सय सदस्यीय जिल्ला समितिहरु पनि बनेका छन् । धादिङमा ६ सय ९९ सय सदस्यीय जिल्ला समिति बनेको नेकपा माओवादी केन्द्र धादिङले जनाएको छ ।

सचिवालयको बैठकले कार्यालयदेखि जिल्ला तहसम्म नेता कार्यकर्ताको घटुवा गर्न सक्ने एक सचिवालय सदस्यले जानकारी दिए । स्मरणीय छ, पहिलो संविधानसभाको निर्वाचन हुँदा तत्कालीन माओवादीको केन्द्रीय समिति जम्मा ४५ सदस्यीय थियो । उक्त चुनावमा माओवादी मुलुकको सबैभन्दा ठूलो पार्टी मात्र होइन, झण्डै दुई तिहाई बहुमतको नजिक पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *