नेदरल्याण्डका प्रधानमन्त्री साईकलमा सरर

नेदरल्यान्ड, असोज ३० । कुनै पनि देशका प्रधानमन्त्री कतै जानुपर्दा सुरक्षाकर्मीको लस्कर लिएर हिँड्ने गर्दछन् । कयौं मुलुकका प्रधानमन्त्रीका लागि बुलेट प्रुफ गाडी उपलब्ध छ । स्कर्टिङ्गमा दुई÷चारवटा गाडी रहनु पनि स्वाभाविक हो ।

तर, नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट त्योभन्दा अलि पृथक देखिएका छन् । उनी त्यहाँका राजा विलियम अलेक्जेन्डरलाई भेट्न दरबारमा जाँदा साइकलको प्रयोग गरेका छन् । साइकल चढेर दरबार पुगेका उनले साइकल पार्क गरेको एउटा तस्वीर अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि नेदरल्यान्डका स्थायी प्रतिनिधिले यो तस्वीर ट्वीट गरेपछि सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । प्रधानमन्त्री रुटले नयाँ सरकार गठनको तयारीबारे राजालाई जानकारी गराएको बताइन्छ ।

पर्यावरणको क्षेत्रमा काम गर्दै आएका संस्थाका अनुसार नेदरल्यान्डको राजधानीमा प्रदुषणकोमात्रा निकै खराब पाइएको छ । हावामा नाइट्रोजन अक्साइडको मात्रा निकै बढी भएको उनीहरुको जिकिर छ । सोही कारण पनि प्रधानमन्त्री रुटले गाडी प्रयोग नगरेर एउटा सन्देश दिएको अधिकारीहरुको भनाइ छ । (एजेन्सी)

 

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES