नेपालको विजय सुरुवात

काठमाडौ २ साउन-आईसीसी यू–१९ विश्वकप क्वालिफायरमा नेपालले विजयी सुरुआत गरेको छ । साउन गते बिहान सिङ्गापुरमा भएको पहिलो खेलमा घरेलु टोलीलाई ४ विकेटले हराउदै नेपालले विजयी सुरुआत गरेको हो ।

टस जितेर सिङ्गापुरलाई ब्याटिङका लागि निम्त्याएको नेपालले २९ ओभरमा सबै विकेट गुमाएको सिङ्गापुरले ७३ रन मात्रै बनायो । ब्रिगु एयर ४२ र सेन अग्रवाल ११ रन बाहेक अरुले दोहोरो अंक पनि बनाउन सकेनन् ।

नेपालका लागि कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ८ ओभरमा दुई मेडन राख्दै २१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै शाहब आलमले ३ र किशोर महतोले २ विकेट लिए ।

जवाफमा नेपालले १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाउदै जित हासिल गर्‍यो । नेपालका लागि प्रनित थापामगरले २३, अनिल शाहले १९ र रोहित कुमारले ११ रन बनाए । सिङ्गापुरका लागि आर्यमान सुनिल, जीए आहानले २/२ र रोहित रंगराजन तथा अंस भरगाभाले १/१ विकेट लिए । नेपालको अर्को खेल ३ साउनमा मलेसिया सँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *