नेपालमा १७ सय २१ मेगावाट विद्युत आवश्यक

पौष २५ काठमाडौ,एक अध्ययनले देशमा अहिले १७ सय २१ मेगावाट विद्युत आवश्यक रहेको देखाएको छ । जल तथा ऊर्जा आयोगको रिपोर्टमा अहिले १७ सय २१ मेगावाट विद्युत आवश्यक रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले भने ।

देशभरमा अहिले ६ सय मेगावाट बराबरको उत्पादन भइरहेको छ भने भारतबाट ३ सय ४० मेगावाट आयात भइरहेको छ ।

रिपोर्टका अनुसार अबको चार वर्षपछि सन् २०२० सम्ममा यो माग बढेर ६ हजार ८ सय मेगावाट पुग्नेछ । साथै २०२५ सम्ममा यो माग १० हजार ८ सय पुग्ने आयोगले आँकलन गरेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *