नेपालले दियो अष्ट्रेलियालाई १ सय ४४ रनको लक्ष्य

माघ १८ काठमाडौ,नेत्रहिन विश्वकप क्रिकेटमा नेपालले अष्ट्रेलियालाई १ सय ४४ रनको लक्ष्य दिएको छ । भारतको दिल्लीमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको हो ।

नेपालका सुनिल क्षेत्रीले ३४, किर्तन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ र सुनिल थापाले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले ३८ रन अतिरिक्त पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *